logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नबिल बैंकद्वारा स्क्यान एन्ड वीड्र सेवा आराम्भ


  • जन आकाश
  • बुधबार, साउन १४ २०७७

काठमाडौं ।
ग्रहकहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले‘स्क्यान एन्ड वीड्र’ -Scan&Withdraw) सुविधाको सुरु गरेको छ ।
हिजोवाट सुरु गरिएको स्क्यान एन्ड वीड्र माफर्mत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको जानकारी गराएको छ । नबिल बैंकले चाँडै यो सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने उल्लेख छ ।



नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भनाईलाई आधार मान्दै बैकको बिज्ञप्तिमा भानिएको छ । “अब नबिल बैंकका ग्राहक महानुभावले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आºनो मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर ब्ांैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आºनो खाताबाट रकम झिक्न सक्नुहुनेछ।”

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्पmत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ । ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्र मार्पmत नबिल बैंकका ग्राहकहरुले सहज र छिटो सेवा प्राप्त गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend