logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

धादिङमा सुद्ध पानी खान पाउनुपर्छ भन्दा कुटपीट


  • जन आकाश
  • बिहिबार, साउन १५ २०७७

धादिङ ।
धादिङको थाक्रे ७ मा खानेपानीको मुहान बिगारेको र उक्त मुहान बिगार्ने बज्रकाली ढुङगा रोडा उधोग बन्द गर्नुपर्छ भन्दा ढुङगा खानी सञ्चालन गर्ने कम्पनीले मान्छे लगाएर स्थानीय हरि बहादुर भुजेल, शिव बहादुर भुजेल, कर्ण बहादुर तामाङ, गोरे तामाङ, सुवाश भुुजेल, अर्जुन तामाङलाई कुटपिट गरेका र उनिहरुले कानुनी उपचार समेत नपाएको र उनिहरुलाई कुटपिट गर्दा स्थानीय प्रशासनको प्रत्यक्ष उपस्थितिमा भएको भनि स्रोतले जानकारी दिएको छ ।हरि बहादुर भुजेल र शिव बहादुर भुजेल मनमोहन हस्पिटलमा समेत भर्ना भएर उपचार गराउनु परेको पिडीतले बताएका छन् ।
धादिङको थाके्र गाउपालिका वडा. न. ७ स्थित रैराङ फोगटपुर जुगेखोला गाउका झण्डै २०० धुरी र रैराङ ढाक्रे गाउँका करिव ६० धुरी अर्थात लगभग १६ सय मानिसहरुले प्रयोग गदै आएको रैराङ जुगेखोला खानेपानी यतिवेला ढल हो वा बाढी नछुटिने गरी लेदो बनेर आउने गरेको स्थानीयले जानकारी दिएका छन् ।



त्यो अरु कुनै कारणले नभएर खानेपानीको मुहान भन्दा करिब २ सय मिटर माथि बज्रकाली ढुङगा रोडा उधोगले सञ्चालन गरेको ढुङगा खानीका कारण पानी पर्दा माथिवाट ढुङगा निकाल्न खनिएको माटो पानीको मुहानमा पस्दा यो बर्षभरी थाक्रे ७ का मानिसहरुले पानीको समस्या भोग्नु परेको र स्थानीय सरकारलाई गुहार्दा समेत कुनै सुनुवाई नभएको उल्टै ढुङगा खानी सञ्चालकहरुले सुद्ध खानेपानी खाना पाउने स्थानीयको मौलिक हक हो भनि आवाज उठाउदा कुटपिट गरेर त्यहाका स्थानीयहरुलाई त्रसित बनाईराखेको स्थानीय स्रोतले बताएको छ ।

धदिङमा रहेका संघ÷संस्था र राजनीतिक पार्टीहरुले समेत बिरोध गरेको भएपनि स्थानीय सरकार र सम्बन्धित निकायहरुको मिलेमत्तोमा ढुङगाखानी सञ्चालन गरेर स्थानीयको बषौदेखि प्रयोग गदै आएको खानेपानी खान नदिएको स्थानीयले बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend