logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पिकोण्टको अगुवाईमा मजदुरको पक्षमा ¥याली

पिकोण्टको अध्यक्षले लगाए आरोप सरकारपक्ष मजदुर संगठन ब्ल्याकहोल हुन्


  • जन आकाश
  • शनिबार, साउन १७ २०७७

काठमाडौं ।
नेकपा (माले ) समर्थित पिकोण्टको अगुवाईमा अन्य पार्टी समर्थित संयुक्त रुपमा मजदुर संगठनहरुले शुक्रवार माइतीघर मण्डलामा लकडाउनको समयमा निकालिएका मजदुरलाई रोजगारीमा फर्कान, लकडाउन कै बहाना बनाएर मजदुरहरुले पाउनुपर्ने पारिश्रमिक उधोगका मालिकहरुले नदिएका मजदुरको तलव भत्ता उपलब्द गराउन र लाखौ मजदुर लकडाउनको कारण बेरोजगार बन्नुपरेको ति मजदुरहरुलाइै रोजगार सृर्जना गर्न माग गदै बिरोध ¥याली निकालेका छन्



मजदुरहरुले दैनिकी चलाउन समेत नसक्ने अवस्थामा पुगेको र सत्तावादी मजदुरहरुले गलत सम्झौता गरेर मजदुरको हकहितमा समस्या पारेको हुनाले मजदुरका समस्यालाई बिभिन्न सम्वन्धित निकायमा राख्दा समेत सुनुवाई नभएको कारण बिरोध गर्नु परेको भन्दै शुत्रवार काठमाडौको माइतीघर मण्डलामा संयुक्त बिरोध ¥यालीमा सहभागी मजदुरहरुले बेरोजगार मजदुरहरुको रोजगार ग्यारेण्टी गर भन्दै नारा लगाएका छन् ।

स्मरणरहोस यतिवेला कोरोनाको वास्तविकता भन्दा हल्ला बढी गरेर मानिसहरुको दैनिकी कठिन बन्दै गएको छ । यसको सावधान छिटो खोज्न नसकेको खण्डमा नेपालका हरेक क्षेत्रमा आर्थिक मन्दीले मानिसहरु भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले नेपाल सरकारले आवाश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend