logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

यूरोमनीले ‘नेपालको उत्कृष्ट बैंक’ मा नबिललाई दोस्रो पटक पुरुस्कृत


  • जन आकाश
  • आइतबार, साउन १८ २०७७

काठमाडौं ।
बेलायतको प्रतिष्ठित प्रत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’९ल्भउब’िक द्यभकत द्यबलप० द्वारा पुरस्कृत गरेको छ ।



समकालीन बैंकहरु मध्ये बँदलिदो परिवेशमा बैंकले प्रदान गरेको सेवा तथा नाफामा गरेको वृद्धि लगायतलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरेको छ । नेपालको नबिललाई समग्र बैकिङ कार्य सम्पादन मूल्याँकन गरि उत्कृष्ठ ठहरिँदै यूरोमनीले पुरस्कृत गरेको हो ।

सन् १९९२ मा स्थापना भएको ‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’बैंकिङ क्षेत्रको एक मौलिक पुरस्कारको रुपमा मानिन्छ ।‘यूरोमनिज् अवार्ड फर एक्सिलेन्स’ले प्रत्येक वर्ष अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका उत्कृष्ट बैंकहरुलाई पहिचान गरी पुरस्कृत गर्दै आइरहेको छ ।

सन् १९८४ देखि ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको हालसम्म ११८ शाखा, १७५ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेकको बैकले जनाउदै आएको छ । नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । नेपालको बैकिङग क्षेत्रका उच्कृष्ट सिइओ अनिल केशरी शाहले बैकको नेतृत्व गदै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend