logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक नियुक्त


  • जन आकाश
  • आइतबार, साउन १८ २०७७

काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.को संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । निज नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९वर्ष कार्य गरी सकेका अनुभवी ब्यक्ति हुन् । नेपालमा उनले एक व्यवस्थापन विज्ञको रुपमा परिचय बनाईसकेका र विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा समेत काम गरि सकेका छन् । उहाँले लिभरपुल विश्वविद्यालय, बेलायतबाट त्रिभुवन विश्वविद्यालयबाट Public Administration स्नातकोत्तर तह , त्रिभुवन विश्व विद्यालयबाट Business Administration विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय, बेलायतबाट, Tourism Management विषयमा अध्ययन गरेका बिज्ञ हुन् ।



मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु दिदै आएको बैकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend