जन आकाश
काठमाडौं ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिबृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।
कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताउँनु भयो । बचतसँगै, सीपतथा रोजगार मुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउदै उहाँले सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिनु भयो। जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको तथा बाह्य आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदिहुँदै गएको बताउँनु भएको थियो । कार्यक्रममा स्थानीय पदाधिकारीहरु बरिष्ठ समाजसेवीहरु बैकका स्थानीय ग्रहकहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend