logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल फाइनान्स कम्पनीको संचालकमा रोजिना श्रेष्ठ


  • जन आकाश
  • आइतबार, साउन १८ २०७७

????????????????????????????????????

काठमाडौं ।



नेपाल फाइनान्स कम्पनी लि. को रिक्त रहेको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा पानस इनभेष्टमेन्ट प्रा.लि.को तर्फबाट का.म.न.पा.१ नक्साल निवासी श्रीमती रोजीना श्रेष्ठ लाई बाँकी कार्यकालको लागि नियुक्त गरेको छ । उनलाई ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको हो । निज संचालक रोजीना श्रेष्ठ विभिन्न व्यबसायमा संलग्न रहदै आएकी छन् । साथै संस्थाको रिक्त रहेको स्वतन्त्र संचालक पदमा ल.पु.म.न.पा.१९ निवासी आनन्द कृष्ण ताम्राकारलाई संस्थाको मिति २०७७ आषाढ १६ गते सम्पन्न ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको छ । निज आनन्द कृष्ण ताम्राकार कृषि बिकास बैंक लि.मा ३० बर्ष कार्य गरी अबकास प्राप्त ब्यक्तित्व हुन् ।

नेपाल फाइनान्स बिगत ५ बर्षदेखि समस्याग्रस्त अबस्थामा रहेकोमा मिति २०७६ मंसिर २५ गतेबाट नेपाल राष्ट्र बैंकबाट सशर्त फुकुवा भई सामान्य अबस्थामा कारोबार शुभारम्भ भएको छ ।उक्त संस्थामा योजना आयोगमा सदस्य भई कार्य गरी सकेका प्राध्यापक हिरेन्द्रमान प्रधान अध्यक्ष छन् । प्रमुख कार्यकारी अधिकृतमा उध्दबराज थपलिया रहेका छन् ।
संस्थाले आषाढ मसान्त सम्ममा २१ करोड निक्षेप संकलन गरी १२ करोड कर्जा प्रबाह भएको छ साथै संस्थाको हाल सम्म कमलादी स्थित मुख्य शाखा कार्यालय तथा नयाँसडक स्थित शाखा कार्यालय संचालनमा रहेको छ ।

संचालक नियुक्ती पश्चात संस्थामा ७ जनाको संचालक समिति रहेको छ । जसमा प्रा.हिरेन्द्रमान प्रधान अध्यक्ष , चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती , लक्ष्मी महर्जन रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार सहितको संचालक समिति छ ।
संस्थाको विगत ८ आ.ब. को बार्षिक साधारण सभा समेत भाद्र ११ बस्ने गरी सुचना समेत प्रकाशित गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend