logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कामना सेवा र अल पसल बीच समझदारी


  • जन आकाश
  • आइतबार, साउन १८ २०७७

काठमाडौ ।



कामना सेवा विकास बैंक लि. र अल पसल पब्लिक लि. बीच आर्थिक अभिमुखीकरण तथा स्वरोजगार मूलक व्यवसायको विकास तथा प्रवर्धन गर्ने उद्देश्यका साथ सहुलियत पूर्ण कर्जाको माध्यमबाट लक्षित वर्गको आयआर्जन वृद्धि गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा कामना सेवाविकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अल पसल पब्लिक लिमिटेडको तर्फबाट अध्यक्ष झविन्द्र पन्थीले कामना सेवा विकास बैंकमा आयोजित कार्यक्रमा दुवैले हस्ताक्षर गरेका थिए ।

समझदारी अन्तर्गत बैंकले नेपालराष्ट्र बैकद्वारा तोकिएको मापदण्डको अधीनमा रहि अल पसल पब्लिक लि.मा आबद्ध व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा समाजिक विकासमा टेवा पु¥याउने प्रमुख लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend