जन आकाश
काठमाडौं ।
नेपाली कांग्रेस पार्टीको १४ औ महाधिवेशन नजिकिदै जादा नेपाली कांग्रेसभित्र आन्तारिक ब्यवस्थापन तयारीको चटारो बढेको छ । संस्थापन पक्षलाई पार्टीको ब्यवस्थापन गर्न भ्याई नभ्याई छ । त्यसको अलवा नेपाली कांग्रेसभित्र केही न केही बहानामा चर्चामा रहिरहने नेताहरुलाई भने नेता बन्ने हतारो भए जस्तो देखिन्छ ।
बिशेष गरेर चर्चामा आईरहने गगन थापा, कृष्ण सिटौला, रामचन्द्र पौडेल, शशंका कोईराला, डां सेखर कोईराला, प्रकाशमान सिंह नेताहरुले आफ्नो तयारी गर्न थालिसकेका छन् ।
जिल्ला जिल्लामा पार्टी सदस्य नविकरण नगरिएका सदस्यहरुलाई नविकरण गर्न र नयाँ कार्यसमिति निस्क्रिय भएका ठाउँमा आफु अनुकुलको कार्य समितिहरु धेरै जति ठाउँमा गठन भईसकेको र केही ठाउँहरुमा पनि सम्पन्न गर्न लागेको नेपाली कांग्रेस पार्टी कार्यलयले जानकारी दिएको छ ।
यतिवेला देशमा कोरोनाको त्रास, भारतले नेपालको भुमि अतिक्रमण गरेर दुई देशबीचको सम्बन्धमा आएको समस्या जस्ता बिषय उठिरहेको वेलामा नेपालमा सवै जसो पार्टीहरुमा अहिले नेपाल सरकार ढाल्ने र देशलाई अस्थिरतामा धकेल्न थुप्रै खालका प्र¥यत्न भएको वेला त्यस्तै खोजि नेपाली कांग्रेसमा पनि गर्न थालिएको छ ।
नेपाली कांग्रेस लोकतान्त्रिक पद्धतिमा चल्ने पार्टी भएपनि बेला बेला त्यहा भित्र भएका उतार चढाव र नेपाली जनताले आशा गरेका पद्धतिको परिपालना नभएको देख्दा नेपाली कांग्रेसको उदेश्यप्रति नै प्रश्न उठ्दै आएको छ ।
यस्ता प्रश्नहरुको सावधान नेपाली कांग्रेसले आउदै गरेको महाधिवेशनवाट ल्याउन सक्छकि सक्दैन त्यो त हेर्न बाकी नै छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend