जन आकाश
काठमाण्डौँँ
मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. को करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत श्री तिल बहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लिको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि का प्रमुख कार्यकारी अधिकृत श्रीे रमेश राज अर्यालले हस्ताक्षर गर्नुभयो । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend