logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पाँच महिना बितिसक्दा पनि किन दर्ता हुन सकेन त राप्रपा ?


  • जन आकाश
  • शुक्रबार, साउन २३ २०७७

काठमाण्डौँ



कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमसेर राणा नेतृत्वको राप्रपा संयुक्त एकता भएको ५ महिना बितिसक्दा समेत निर्वाचन आयोगमा राप्रपा दर्ता हुन सकेको छैन । गणतन्त्र र राजसंस्था दुई वटा एजेण्डा एकैपटक बोकेका राप्रपा बिच यतिबेला आन्तरिक विवाद चर्किरहेको छ । सबै भन्दा प्रमुख कुरो चुनाव चिन्हलाई लिएर पार्टी दर्ता हुन नसकेको हो । गाई र हलो मध्ये कुन चहिँ चुनाव चिन्ह राख्ने भन्ने विषयमा राप्रपा अन्योलमा छ । गाई राखौ भने लाक्पा तामाङ नेतृत्वको राप्रपा नेपालको चुनाव चिन्ह गोरुसँग मेल खाने र मतदाताहरु झुक्किनेमा राप्रपा भित्र डर छ । चुनाव चिन्ह हलो राखौँ भने गाई पक्षका हिन्दुवादीहरु चिडिन्छन् । यति बेला राप्रपालाई पार्टी एकता भिरको चिन्डो उँधो र उँभो जस्तै भईदिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend