logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

२५ सिट ल्याएको राप्रपा नेपाल लाक्पा तामाङद्धारा कब्जा ः

नेपालकै कान्छो पार्टी अध्यक्ष ः


  • जन आकाश
  • शनिबार, साउन २४ २०७७

काठमाण्डौँ



२०७० सालको चुनावमा कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपाल नामक दलले समानुपातिकबाट २५ सिट ल्याएको सबैमा सर्वविदित नै छ । उहि नामबाट कमल थापा पटकपटक उपप्रधानमन्त्री त कयौँ व्याक्तिहरु सांसद, मन्त्री बने । तत्पश्चात पशुपति शमशेर राणाको राप्रपासँग पार्टी एकता भएपछि कमल थापाले उक्त नाम छाडेका थिए ।
कमल थापाकै पार्टीमा २०७२ सालमा धनकुटा जिल्लाबाट राप्रपा नेपाल प्रवेश गरेका लाक्पाले अन्तत चार वर्षको छोटो अवधिमै उक्त पार्टीको नाम कब्जा गरेर २८ वर्षकै कलिलो उमेरमा नेपालको कान्छो पार्टी अध्यक्ष बनेर राजनितिक जगतमा एक नयाँ मिसाल कायम गरेका छन् । साथै अध्यक्ष तामाङले चुनाव चिन्ह गाई सँग मिल्दोजुल्दो चिन्ह गोरु ल्याएपछि यति बेला राप्रपा भित्र भुकम्प नै गएको छ । गाई र गोरु चुनाव चिन्ह झुक्किने भएको कारणले गर्दा आगामी चुनावमा राप्रपालाई चुनाव जित्नु धौ धौ भएको छ । यतिबेला राप्रपा परित्याग गर्ने र राप्रपा नेपाल प्रवेश गर्नेको संख्या लगभग उस्तै छ । २०७५ सालमा दर्ता भएको राप्रपा (लोकतान्त्रिक) को नाम अद्यावधिक गरि राप्रपा नेपाल राखिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend