जन आकाश
काठमाडौँ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानका (कास) रजिष्टार विश्वराज काफ्ले प्रतिस्ठानले कर्णालीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । प्रतिस्ठानका चिकित्सक कर्मचारी रातदिन खटिरहेको बताए । पूर्वतयारीमा सम्पूर्ण टीम जुटेकोले कर्णालीमा कोरोना समुदायमा पुग्न नपाएको बताए ।
संवाद डबली अन्तरसंवाद कार्यक्रममा बोल्दै काफ्लेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान (कास) अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परीक्षण गरेको जानकारी गराउँदै अब दैनिक १ हजारको कोरोना परीक्षरण गर्ने तयारी गरिहेको जानकारी दिए । त्यसको लागि सरकारको सहयोगमा आवश्यक उपकरण जडानको कार्य भइरहेको बताए । यसअघि प्रतिस्ठानले पहिलो पटक पुलिङ सिस्टमबाट कोरोना परीक्षण गरेको बताउँदै काफ्लेले यसअघि दैनिक ८ सय स्वाबसम्म परीक्षण गरेको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend