जन आकाश
रामेछाप ।
रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेललाई आज एक कार्यक्रम आयोजना गरी भव्य बिदाई गरिएको छ । रामेछाप नगरपालिकाको आफ्नै भवनमा कार्यक्रम गरी पौडेलाई बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा आजको कार्यक्रमका सभा अध्यक्ष समेत रहनु भएका नगरपालिकाका प्रमुख (मेयर) नर बहादुर थापामगरले बिदाई तथा शुभकामना दिने क्रममा सञ्चारकर्मी मार्फत संघीय सरकारलाई दिपेन्द्र पौडेल जस्तो कुशल, दक्ष, असल, र जवाफदेही प्रशासकीय अधिकृतहरु देशैभरीका स्थानीयमा पठाए मात्र संघीयता सफल हुन्छ । भन्दै बिगतमा अन्य प्रशासकीय अधिकृतहरु हुदा काम गराईमा नगरपालिकाले अप्ठ्याराहरु बेहोरेको तितो अनुभव र दिपेन्द्र पौडेल रामेछाप नगरपालिकामा आएपछिको काम गराई नगरपालिकाले छोटो समयमा गरेको प्रगति आकाश जमिन फरक छ । हामी जन प्रतिनिधिले सवै कुरा बुझेका भन्ने कुरा हुदो रहेनछ हामीले नबुझेका कुरा समेत हामीलाई जानकारी गराएर, बुझाएर काम गर्दा नगरपालिकाको बिकाश गर्न सजिलो भएको थियो । तर अपसोच एक कुशल प्रशासकीय अधिकृतको सरुवा हुदा नगरपालिका दुखि भएको समेत मेयरले कार्यक्रममा बताउनु भएको थियो ।
यो रामेछाप नगरपालिको लागि दिपेन्द्र पौडेल प्रशासकीयको ९ महिनेकाल सुनौलो रहको भनि प्रशंसा गर्नुभएको थियो ।
त्यसैगरी नगर पालिकाकी उपप्रमुख सृजना खड्काल्े प्रशासकीय अधिकृतको सुस्वाथ्य , प्रगति र आउदा दिनमा रामेछापको सिडियोको रुपमा आएर रामेछापको बिकाशमा काम गर्ने अवसर होस भन्ने कामना गर्नुभएको थियो ।
कार्यक्रमलाई आकर्षण ढंङगवाट सञ्चालन गर्नुभएका नगरपालिकाका अधिकृत छैटो तहका नारायण सुवेदीले कार्यक्रमलाई सव्य र सफलतापुर्वक सम्पन्न गर्नुभएको थियो ।
स्मरणीय बिषय के रहेको छ भने रामेछाम नगरपलिका मात्र नभएर रामेछाप जिल्लाका स्थानीय निकायहरुमा प्रशासकीय अधिकृतहरु छिटो छिटो सरुवा भईरहेका छन् । यसको कारणहरु स्थानीय निकायहरुमा निर्वाचित जन प्रतिनिधिहरु एउटै पार्टीवाट नहुने र कतिपय योजनाहरुमा बिवाद हुदा त्यसको दवाव खेप्न नसकेर प्रशासकीय अधिकृतहरु सरुवा भई जाने गरेका छन् भने कतिपय बढुवाको लागि नम्वर थप्न मात्र हिमाली जिल्लाहरुमा छोटो समयको लागि काम गर्न आउदा रामेछापका स्थानीय निकायले बिकाशका कामहरु आशा लाग्ने अवस्थामा पु¥याउन सकेका छैनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend