logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ


  • जन आकाश
  • शुक्रबार, साउन ३० २०७७

रामेछाप ।
रामेछाप जिल्लाको लिखु तामकोशी गाउपालिकाका अध्यक्ष गोविन्द बहादुर खडकालाई प्रहरीले प्रक्राउ गरेको छ । गाउपालिका अध्यक्ष पालिका भित्र संचालित योजनाको उपभोक्ता समितिको पदाधिकारीलाई कार्यकक्षमै बन्धक बनाएर जवरजस्ती खाली चेकमा हस्ताक्षर गर्न लगाएर ठगि गरेको र जग्गामा किर्ते गरेको आरोपमा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । गाउपालिका अध्यक्षसँगै स्थानीय लाल बहादुर तमाङलाइ समेत प्रहरीले प्रक्राउ गरेको छ । खडकालाई मन्थलीमा बैठक छ भन्दै बोलाउन प्रहरी टोली धोवी पुगेको थियो । अध्यक्ष खड्का प्रहरी बोलाउन पुगेपछि आफ्नै गाडिमा मन्थली झरेको र मन्थली आउनासाथ प्रहरीले हिरासतमा राखेको हो ।



खडकालाई उपभोक्ता समिति र खडकाबाट ठगिएका व्यक्तिहरुले गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो । खड्का विरुद्ध ठगि, शरीर बन्धक बनाएको स्थानीय उपभोक्तालाई धम्की दिएको भनि प्रहरीकोमा ३ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । खडकालाई हिरासतमा राखेर अनुसन्धान गर्ने काम शुरु भएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि जिल्ला अदालतले ७ दिनको म्याद थपेको र अभियोगका बारेमा उनीहरु माथि थप अुसन्धान गरिने प्रहरी प्रमुख पाठकले बताउनुभयो । यस अघि पनि गाउपालिका अध्यक्ष विभिन्न केशहरुमा पटक पटक विवादित हुदै आएका थिए ।

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दिपसिखा दाहाल बिचको विवादले बिभिन्न घटनाका रुपहरु लिईरहेका छन् । यो घटना पनि त्यसैको निरन्तरता भएको हुन सक्ने अध्यक्ष खड्काका समर्थकहरुले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend