जन आकाश
जन आकाश साप्ताहिक प्रकाशन गर्न थालेको आज १३ औं बर्षमा प्रवेश गरेका छौ । यो यात्रामा सँगसँगै हिड्न सहयोग पु¥याउने बौद्धिक जगत, सम्पादक, संवादाताहरु, स्तम्भकारहरु, जनआकाश साप्ताहिकको सधै हित चिताएर लेख, रचना पठाउनुहुने लेखकहरु बजार प्रतिनिधिहरु, ब्यवस्थापन टिम, साथै बिज्ञापनदाता, सल्लाहकार टिम, सधै जन आकाश प्रकाशनकालाई माया गरेर नियमित ग्रहक बनि प्रोत्साहन थप्ने ग्रहक बर्गहरु तमाम सवैको साथ र सहयोगले नै हामी १३ बर्षसम्म अनवरत आम सञ्चारको क्षेत्रमा सेवा गर्न सकेका हौ ।
यो सहयोग निरन्तर रहनेछ भन्ने बिश्वास गदै हामीले १३ बर्ष अगाडी शुरु गरेको जन आकाश साप्ताहिक प्रकाशनवाट समयको मागसँगै अनलाईन सस्करण,धधध।वबलबबपबकज।अयm।लउ को अलवा साहायक प्रकाशनहरु प्रमोटर मार्षिक, ब्यवसायी आवाज, बैदेशिक रोजगार समेत प्रकाशनमा ल्याएका छौ । आउदा दिन हाम्रालागि अत्यन्तै चुनौतिपुर्ण छन् । हाम्रो देशका सिमानाहरु मिचिएका छन् ।
समाजभित्र धेरै खालका असमानताहरु आजसम्म पनि बाकी नै छन् । देशका हरेका क्षेत्रमा रहेका सत्य तथ्य प्रकाशमा नआउदा मानिसहरुमा चेतनाको उज्यालो बन्न सकेको छैन । यस्ता चुनौतिलाई सामना गदै छिटो छरितो सत्य तथ्यमा आधारित बिश्वसनीय समाचारहरु प्रकाशन गरेर पहिलो राष्ट्र अनि मात्र अन्य बिषय भन्ने उदेश्यका साथ स्थापना भएको जन आकाशले गरेका प्र¥यास र पाठकहरुलाई दिएको सत्य तथ्य जानकारीले नेपालका नेपालीहरुमा ल्याईदिएको जागरुकता, राष्ट्रवादी भावना, सदभाव एकता धार्मिक सहिष्णुता कायम भई नेपालीहरुको एकताले नेपाल देशकै प्रतिष्ठा बढाएको छ ।
यो प्रतिष्ठालार्ई अन्तराष्ट्रियस्तरमा नेपालका नेपालीहरु मेहनति, इमानदार र स्वाभिमानी छन् भनि प्रचार गर्न र नेपालको बिकाशमा अन्तराष्ट्रिय स्तरमा गर्न सक्ने तयारीमा नेपाल छ भन्ने प्रचार गर्न यो प्रकाशनको भुमिका रहने छ ।
यो अभियाँनमा सवै नेपाली देशभक्त राष्ट्रवादी नेपालीहरुको साथ रहने बिश्वास ब्याक्त गर्दछु । जन आकाश प्रकाशनलाई आउदा दिनमा नेपालीहरुको मुखपत्र बनाउदै देशका हरेक कुना क्षेत्रमा पु¥याउने जर्मको गरिराखेका छौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend