logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कोरोनाको हल्लाले बिपन्न बर्गको बिजोग


  • जन आकाश
  • शुक्रबार, साउन ३० २०७७

सरकारले घोषित गरेको कार्यक्रम प्रभावकारी हुन सकेन ।
स्थानीय निकायहरुको काम गराई समय मिल्दोजुल्दो छैन ।
किसानले लकडाउनको बाहानामा मल पाएनन् ।
कोरोनाको सही उपायहरु नअपनाएर हल्ला खल्ला बढी र ब्यवस्थापनमा ध्यान नदिदा बिपन्न बर्ग जो काम नगरीकन खान पाउदैनन् । ति बर्गका मानिसहरुको बिजोग हुन थालिसकेको छ ।



बिश्वमा फैलदै गएको कोरोनाको महामारी नेपालमा पनि फैलन्छ भनेर हल्ला गरिएको थियो । नेपालका नेपालीहरु पनि डराएर आ– आफ्नो तरिकाले सुरक्षित हुन थालेका थिए जो काठमाडौं शहर लगायतवाट गाउँ गाउँमा र पातला बस्तीहरुमा मानिसहरु गएका थिए । ति ठाउँहरुमा जिम्मेवार निकायहरुले त्यति नै वेला ति मानिसहरुको ब्यवस्थापन गर्नुपथ्यो र ति दशकौदेखि रित्तिएका गाउँहरुमा मानिसहरुको उपस्थिति हुदा यो मौकामा रोजगारका कार्यक्रम ल्याएर जो गाउँमा होस वा शहरमा जाहा गएपनि काम नगरेसम्म एक छाक खान नपुग्ने बर्गलाई प्रोत्साहन गरी उत्साह थप्नुपथ्यो । त्यस्तो खालको कार्यक्रम कतै देखिएको छैन । त्यसको असर अहिले यतिवेला जताततै पर्न थालेको छ ।

कोरोनाको संक्रमण नेपालमा त्यति डरलाग्दो नभएपनि सतर्क अपनाउनु बुद्धिमानी हो । तर यतिवेला कोरोनाको संक्रमणले भन्दा भोकले मानिसहरु मर्न सक्ने आकलन गर्न थालिसकिएको छ । मानिसहरुसँग भएको सामल, तुमल, नगद, जिन्सी सवै सकिदै गएको छ । त्यसले मानिसहरुमा मानसिक तनाव उत्पन्न हुदा कतिपयले आत्महत्या गरेको कोही घरवाट हराएको जस्ता समाचार दिनानु दिन बढ्दो छ । यो समस्या अझै बढ्ने देखिन्छ । सरकारले घोषित गरिसकेको कार्यक्रम सहुलियतदरको रिन, कृषिमा अनुदान जस्ता कार्यक्रमले खासै कतैपनि समेटेको देखिएको छैन । स्थनीय सरकारले सहकारीहरुलाई दुई प्रतिशतमा सहुलियतपुर्ण रिनको अवसर दिने घोषणा भएको भएपनि त्यो काही कतै प्रभावकारी भएको देखिदैन । गाउँमा गाउँ फर्केका मानिसहरुलाई गाउँमै बस्ने बातावरण बनाउन र सामाजिक रुपमा संस्कार बसाउन पनि उत्तिकै आवाश्यक देखिन्छ । किनकि कतिपय मानिसहरुले कमजोर अवस्थामा खिसी टिउरी गरेर अभावमा बाचेका घर परिवारलाई अपमान गरेको महसुस गरेभने त्यो समाजप्रति उनिहरुमा घृणा पैदा हुुुुुुन्छ र तिनीहरुले पनि भोलि त्यस्तै संस्कार सिक्न सक्छन् । यस्ता सामाजिक बिकृतिहरुलाई पनि रोक्न सचेतना कार्यक्रम ल्याउनु पर्छ । यस्ता कार्यक्रम पनि कतै देखिएको छैन ।

संक्रमणकालीन अवस्थामा बिभिन्न यस्ता प्रतिकात्मक घटना घट्न सक्छन् । यो समयमा सवैभन्दा सजग नागरिकहरु हुनुपर्छ हामी नेपाली नागरिकहरुले गर्ने हरेक बानी र संस्कारले प्रत्येक्ष अप्रत्यक्ष असर पु¥याईरहेको हुन्छ । त्यसकारण बिपन्न, उपल्लो बर्ग जो भएपनि आत्म दरिलो पारेर यो संक्रमणलाई जित्न प्र¥यास गर्नुपर्छ । भएका सत्य तथ्य जानकारी थाहा पाएका अरुलाई भनेर पनि सहयोग गर्नुपर्छ । भएका राम्रा तरिकाहरु अरुलाई पनि सिकाउनुपर्छ । नराम्रा कामहरुलाई समाजवाट नै बहिष्कार गर्नुपर्छ । यतिवेला ब्यवहारमा बिपन्न बर्गलाई पदै गएको समस्या सम्बन्धित निकायहरुले छिटो छरितो ढंङगवाट अध्ययन गरि सावधान खोजेर बढ्न सक्ने भोकमारीलाई जोगाउनुपर्छ । यो कत्ब्यवाट कोही पनि भाग्नु हुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend