logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछाप नगरपालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द


  • जन आकाश
  • आइतबार, साउन ३२ २०७७

रामेछाप ।



कोरोना संक्रमण नियन्त्रणका लागि रामेछाप नगरपालिकाले पनि नगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाले आइतवार एक सूचना जारी गरी नगरपालिकाको कार्यालय सहित नगरभित्रका सबै ९ वटै वडाहरुमा सेवा बन्द गरेको जानकारी दिएको हो । नगरपालिका प्रमुख नर वहादुर थापा मगरले सूचना जारी गरी नगरपालिकाको कार्यालय सहित नगरभित्रका सबै ९ वटै वडामा अत्यावश्यक सेवा स्वास्थ्य र विपद् बाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभएको हो ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण रामेछाप नगरपालिका क्षेत्रमा समेत बढ्दै गएकाले नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७७ साउन २६ गते भएको निर्णय तथा जिल्ला प्रशासन कार्यालय रामेछापमा मिति २०७७ साउन २९ गते बसेको जिल्ला संक्रमण व्यवस्थापन केन्द्रको निर्णय समेतको आधारमा नगरवासीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस नगरपालिकाको कार्यालय र सवै ९ वटै वडा कार्यालयहरुबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य र विपद) वाहेकका सम्पुर्ण सेवाहरु २०७७ भदौ १ गतेदेखी अर्को सूचना जारी नभएसम्मका लागि वन्द गरिएको व्यहोरा आम सर्वसाधार सबैको जानकारीका लागि अनुरोध छ नगरप्रमुख थापामगरले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend