logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सिन्धुपाल्चोकको बिपत्तमा सवैले सहयोग गरौं 


  • जन आकाश
  • आइतबार, साउन ३२ २०७७

मोहन कार्की
सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको गएको भिषण पैरोले जनधनको क्षति पु¥याएको छ । हराएका ३९ जनाको मात्र लास भेटिएको छ भने २० जना मानिसहरु अझै भेटिएका छैनन् । यो बर्ष मात्र सिन्धुपाल्चोक जिल्लामा बाढीवाट ज्यान गुमाउनेको संख्या भण्डै ७० को हाराहारीमा रहेको छ । हजारौ हजार बिस्थापित भएका छन् । यो बिपत्तको घडीमा सिन्धुपाल्चोकाका पैरो, बाढी पिडीतहरुलाई धेरै भन्दा धेरै आधारभुत सामग्रीहरुको सहयोग आवाश्यक छ ।



त्यसैले सम्भव भएसम्म सवैले सकेको सहयोग गरी नेपालको सिन्धुपाल्चोक जिल्लालाई आई परेको बिपत्तलाइ बिशेष गरेर आसपासका जिल्लाहरु र पाएक पर्ने क्षेत्रका संघ÷संस्थाहरुले मानवीय उद्धार र ब्यवस्थापनमा सहयोग पु¥याउन ढिलो गर्नु हुदैन । किनकी यतिवेला कोरोनाको महामारीको त्रासले देशमा सहज ढंङगवाट यातायातको साधनहरु सञ्चालनमा छैनन् । स्रोत साधनहरु उपलब्द छैनन् । त्यसकारण आसपासका जिल्लाहरुले संघ÷संस्थाहरुले उद्धारका काम र आर्थिक , नैतिक, भौतिका सहयोग गर्नुपर्दछ । जो ति सिन्धुपाल्चोकमा सहयोग गर्न चाहाने सहयोगी हातहरुलाई, मनहरुलाई सिन्धुपाल्चोक कै जिल्ला प्रशासन कार्यलयले अन्य जिल्लामा समेत समन्वय गरेर सहयोग गर्न चाहानेहरुलाई सहज वातावरण बनाइदिनुपर्छ ति पैरो पीडित, बाढी पीडितका आधार शिविरमा सहयोगीहरु सजिलै आउन सकुन् ।

हुनत नेपाल सरकारका सभामुख अग्नि प्रसाद सापकोटा समेतले भ्रमण गरी सिन्धुपाल्चोक जुगल पैरोमा ज्यान गुमाउनेहरुका आफन्तलाई सानत्वना दिइसक्नु भएको छ । भने अन्य सरकारी निकायहरु सवै उद्धार ब्यवस्थापनमा खटिएका छन् । यस्तो बिपत्त र महामारीको बेला त्यतिले मात्र मानवीय उद्धार र मानवीय आत्मवल उठाउन सकिदैन । सिंगै देशको ध्यान केन्द्रीत हुने गरी आवश्यक कदम चाल्नुपर्ने हुन्छ । किनकि मानिस बस्ने समाजमा मानिसभन्दा ठुलो अरु के हुन सक्दैन ।

बागमति प्रदेश सरकार प्रमुखले सिन्धुपाल्चोक पैरोको घटनामा दुखः ब्यक्त गरिएको सुनियो प्रदेशस्तरीइ सरकारका मातहतका कुनै निकाय उपस्थित भएको पाइएको छैन ।

बिडम्वना नै मान्नुपर्छ बागमति प्रदेशको भुगोल दुरदराजमा पनि छ भनेर त्यसको बिकल्प खोज्ने तरिकाहरु मिलाउने र प्रदेशको राजधानी अपायक पर्ने ठाउँमा राख्दा सवै जिल्लालाई सजिलो हुन्छ भन्नुको सट्टा प्रदेश प्रमुख डोरमणि पौडेलले हेटौडा बनाउन हुइप जारी गरेर लगेको थिए । त्यसकारण बागमति प्रदेशलेको सरकारी संयन्त्र टाढा भएर होला त्यो सिन्धुपाल्चोक जुगल गाउपालिकाको पैरो स्थलमा प्रदेश सरकार मातहतका कुनै सरकारी संयन्त्रको उपस्थिति देखिदैन । प्रदेशको राजधानी भुगोलको हिशावले टाढा हुदा पर्ने असर यसरी देखिएको छ । यो बागमति प्रदेश भित्र पर्ने १३ वटा जिल्लाहरुको लागि सोचनीय विषय बनेको छ ।

 

सिन्धुपाल्चोक जिल्लाभित्र यो बर्ष गएको पैरोले पारेको पीडालाई कमगर्न सवैको सहयोग आवश्यक छ । प्रदेश सरकारको भुमिका त अज्झ धेरै हुनुपर्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend