logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

स्थानीय सरकार र केन्द्रीय सरकार बीचको समन्वयको अभाव बिकास निर्माण प्रभावित 


  • जन आकाश
  • सोमबार, भाद्र १ २०७७

नेपालको पछिल्लो नयाँ संविधान २०७२ लागु भएपछि देशमा तिन तहको सरकारको अवधारणा अन्र्तगत राज्य संञ्चलन भईरहेको छ । यि तिन तहको समन्वय नहुदा देशको बिकास र अन्य प्रशासनिक संयन्त्रमा समेत बेलाबेलामा अलमल हुदा बिकासका कामहरु प्रभावित हुदै आएका छन् । प्रदेशले गर्ने कामहरु एकिन नहुदा झनै अलमलको चाङ बढेर गएको देखिन्छ । प्रदेशले आफ्नो मातहतमा रहेका क्षेत्रभित्र काहा, के, के गर्ने भनेर स्पष्ट नीति तय गरेको देखिदैन । प्रदेशमा केन्द्रले छुट्याएको बजेट कार्यन्यन गर्नेसम्म काम गर्र्न सकेको छैन ।



जस्तै ३ नं प्रदेशको जिल्लाहरुमा २०७२ को नयाँ संविधान बन्नुभन्दा पहिलाका सडक योजनाहरु ग्रवेल भएका जति कालोपत्रे गर्ने योजनामा थिए । तर नयाँ संविधान सँगै ति सडकहरु अलपत्र परेका छन् भने कतिपय प्रदेशको बजेडवाट आशिंक काम भएको पनि पाईएको छ । यसलाई कछुवा गतिको बिकास मान्न सकिन्छ । यो काम गराईवाट स्थानीय सरकार र केन्द्रीय राजधानी काठमाडौसँग जोडिने बाटो हिड्दा अधिकांश जनताहरु सन्तुष्ट छैनन् । हुनत अहिले कोरोनाको महामारी पछि लामो दुरीको यात्रा मानिसहरुले गरेका छैनन् जतिले यात्रा गर्नेगरेका छन्। ति मानिसहरुको यात्रा कष्टपुर्ण रहदै आएको छ ।

हुनत मानिसहरुले सिंहदरवार घरघरमा भनेको सुन्दा राम्रा् काम भएछ कि क्या हो जस्तो लाग्थ्यो तर भौतिक पुर्वधार र बिकासको गतिलाई हेर्ने हो भने खासै प्रगति भएको पाईदैन कतै कतै अपवादमा वाहेक ।

यी माथिका कारणहरु देख्दा र हेर्दा नेपालको बिकास रोक्न अल्झाउन नयाँ नयाँ नामका प्रशासन ऐन मात्र बन्छन् र मानिसहरु त्यसैलाई प्रगति मानेर घुमिरहन्छन् भनेर बुद्धिजीविहरुले लगाउने आरोप सत्य हुन लागिरहेको छ । यस्तो अलमल सधै भईरहने हो भने सिंहदरवारको अधिकार गाउँ गाउँमा होइनकी सिंहदरवारको भ्रष्टचार गाउँ गाउँमा भनेर मानिसहरुले खिसी टिउरी गर्ने गरेको जस्तै वास्ताविकतामा परिणत नहोला भन्न सकिन्न यता पर्टी अहिलेका तिनै तहका सरकारहरुले गम्भिर भएर सोचन गरुरी छ । नभए संघियता हात्ति आयो हात्ति आयो फुस्स भने जस्तै हुन बेर छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend