logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तिज घरमै बसेर मनाउन उपप्रमुख खड्काको आग्रह

रामेछाप नगरपालिकाले पनि गर्यो आग्रह


  • जन आकाश
  • सोमबार, भाद्र १ २०७७

रामेछाप .



रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नजिकिदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिज यस बर्ष घरमै बसेर मनाउन नगरबासी महिला दिदि बहिनीहरुमा अनुरोध गर्नुभएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै उहाँले यस बर्षको तिज कतै नगई ,कुनै पनि जमघट नगरी घरमै बसेर परिवारसँग रमाईलो गरेर मनाउन आग्रह गर्नुभएको हो । अहिलेको यो परिस्थितीमा भिडभाड र जमघट गर्ने अवस्था नरहेको भन्दै उपप्रमुख खड्काले सबै जना सचेत र सुरक्षित भएर चाडपर्वहरु मनाउनुपर्ने बताउनुभयो ।

यो वर्ष माईत , मावल कतै नगई आफनो घरमै परिवारसँग तिजको दर खान पनि महिला दिदी बहिनीहरुमा उपप्रमुख खड्काले आग्रह गर्नुभएको छ । तिजको दिन पुजाआज गर्दा भिडभाड नगरी , सामाजिक दुरी कायम गरी , माक्स लगाएर नजिकैको मन्दिरमा मात्र जान पनि उहाँले आग्रह गर्नुभयो । उहाँले हरितालिका तीजको सुखद् अवसरमा शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना समेत व्यक्त गर्नभयो । रामेछाप नगरपालिकाले पनि आईतबार एक सुचना जारी गरी यस बर्षको तिज कुनै जमघट नगरी घरमै बसेर मनाउन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend