logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछापमा देखियो टेलिकमको गैर जिम्मेवार पन


  • जन आकाश
  • बुधबार, भाद्र ३ २०७७

रामेछाप ।
राष्ट्रको सञ्चार नेपाल टेलिकम यो हरेक दिन हरेक छिनमा हामीले सुन्ने नेपाल टेलिकमको बिज्ञापन हो । र अहिले टेलिकमले ल्याएका थुप्रै प्याकेजहरु पनि दैनिक प्रेस बिज्ञप्ति मार्फत जारी गरेकै छ । तर ग्रमीण भेगमा नेपाल टेलिकमको सेवा सुबिधा ग्रहकहरु जो नेपाल टेलिकमप्रति बिश्वास भएकाहरु अन्य प्राईभेट कम्पनीपमा जान रुचाउदैनन् । ति ग्रहकहरुलाई टेलिकमले सुबिधा दिनुको सट्टा ति ग्रहकको दुखः सुन्ने हो भने ठिक उल्टो छ । रामेछापको सदरमुकाममा र रामेछापको पुरानो सदरमुकाममा नेपाल टेलिकमले ग्रहकलाई माग भएजति ल्याण्ड लाईन सेवा दिन लाइन छैन भनेर बषौ झुलाउने र पहुचवालाहरुलाई भने आजको भोलि लाईन जोडिदिने गरेको ग्रहकहरुको गुनासो आएको छ ।



यस बिषयमा .हामी रामेछाप नगरपालिका वाडनं ८ मा रहेको नेपाल टेलिकमको कार्यलयमा पुगेर बुझ्दा साच्चै हो रहेछ । नेपाल टेलिकमले उपलब्ध गराउने सेटहरुको अभावका कारण ग्रहकहरुलाई सेवा दिन नसकेको त्यहाका कर्मचारीले बताए ।

त्यसपछि हामीले मन्थलीमा रहेको नेपाल टेलिकमको जिल्ला कार्यलयमा फोन गरेर बुझ्यौ अहिले कोरोनाको कारण मन्थली सिल भएको हुनाले कुनै काम गर्न नसकेको जानकारी पायौ यसरी रामेछापमा नेपाल टेलिकमका कर्मचारीहरुले निजी कम्पनीहरुवाट अवैध रकम लिएर ग्रहकहरुलाई सेवा सुबिधा नदिएको ग्रहकहरुको आरोप सही भएको हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।

टेलिकमले अर्को रामेछाप नगरपालिका वडा न. ८ मा रहेको बिधुतको पोलमा पनि अब्यवस्थित तार टागेको देखिन्छ । जुन बिधुतको तारमा समेत असर पुग्ने गरी पलास्टिकमा माटो भरेर बाधेको देखिन्छ । माथि फोटो हेर्नुहोला ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend