जन आकाश
नेपाली नारिहरुको महान पर्व हरितालिका (तिज) बिस्वमा फैलिरहेको कोभिड १९ का कारण घर घरमै बसेर मनाइ रहेका छन् ।
सधै झै भिडभाड हुने पशुपति मन्दिर यो बर्ष बिगत ४ महिना देखि बन्द छ। सरकारले हालसालै नगरिकहरुलाइ सजक रहन गरेको अनुरोध र गृह मन्त्रालयको कडा निर्देशन स्वएच्छिक र बाद्यकारी नितिको कारण काहीँ कतै मानिसहरू निस्केका छैनन् ।
बर्षमा एकदिन धित खोलेर पुजा आज गरि नाचगान गरेर रमाउने नेपाली नारिहरुको तिज यो बर्ष कोरोनाले खुम्च्याइदिएको छ।
यो बर्ष आर्थिक अभाव र मानिसहरूको मानसिक तनावका कारण जीवन नै जोखिम बन्दै गइरहेको छ।
समयमै यसको सावधान खोजिएन भने नेपालमा भोकमरीले मानिसहरू मर्न सक्छन् । त्यसको लागि अग्रिम तयारी गर्न जरुरी छ। सम्बन्धित निकाएको ध्यान पुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend