जन आकाश
रामेछाप ।
रामेछापजिल्लाको रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा रामचन्द्र लामगादेले आजवाट कार्यभार सगाल्नु भएको छ । प्रमुख प्रशासकिय अधिकृत लामगादेलाई रामेछाप नगरपालिकाका कर्मचारीहरुले सामाजिक दुरी कायम गरी स्वागत गरेको छन । यसअघि महोतरीको भंगाहा नगरपालिकामा २ वर्ष प्रमुख प्रशासकिय अधिकृत भएर काम गरिसक्नुभएका लामगादेले रामेछाप नगरपालिकालाई सम्वृद्ध बनाउन जनप्रतिनिधी , कर्मचारी र नागरीकहरुसँग सहकार्य गरेर अघि बढ्ने कार्यभार ग्रहण गर्ने क्रममा प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले रामेछाप नगरपालिकाको वस्तुस्थिती बुझेर नगरपालिकाबाट प्रवाह हुँदै आएको दैनिक सेवा र दिगो विकासलाई जनमैत्रि बनाउने बताउनुभयो । उहाँले मुस्कान सहितको सेवा प्रवाहलाई जोड दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend