logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

घिसिङलाई पुन ः नियुक्ति नगरे राप्रपा नेपाल आन्दोलनमा जाने

अध्यक्ष तामाङ ः ६० पुगेका कर्मचारीले होईन ६० नाघेका नेताहरुले अवकास लिनुपर्छ ।


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०७७

 



काठमाण्डौँ ः

आज राप्रपा नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन ः नियुक्ति नगरे सडक आन्दोलनमा उत्रने सरकारलाई चेतावनी दिएका छन् ।

राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले जनआकाश मिडियालाई भने ः कुलमान घिसिङ कार्यकारी निर्देशक बन्नु अगाडी नेपाल देश अध्यारोमा थियो । नेपालीहरु १८ घण्टा लोडसेडिङको मार खेप्न लाचार थिए तर प्राधिकरणमा घिसिङ आए लगत्तै अध्यारो नेपाल उज्यालोमा परिणत भयो । घाटामा चलिरहेको प्राधिकरण एकाएक अर्बौ मुनाफा कमाउन सफल भए । उहाँ नेपाल विद्युत प्राधिकरणका लागि अझै पनि योग्य, कर्मठ, ईमानदार र सक्षम हुनुहुन्छ । तामाङ थप्नुहुन्छ ः उमेरको हद अनुसार ६० वर्ष पुगेका योग्य, सक्षम र ईमानदार कर्मचारीले होईन अब अयोग्य, असक्षम र भ्रष्ट नेताले राजिनितिबाट अवकास लिनुपर्छ ।
बाँकी राप्रपा नेपालको प्रेस विज्ञप्ति जस्ताको तस्तै ः
यति बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यअवधि समाप्त भएको सन्सनीपूर्ण हल्ला चलिरहेको सबैमा सर्वविदित नै छ । नेपालको संविधानमा निजामती कर्मचारीहरु जतिसुकै सक्षम र योग्य भएता पनि उमेरको हद अनुसार ६० देखि ६५ वर्ष पुगेपछि अनिवार्य अवकासको व्यवस्था गरिएको छ । तर उहि संविधानमा भने जतिसुकै अयोग्य वा अर्धचेत अवस्थामा पुगेपनि देश चलाउने नेतालाई भने कुनै पनि उमेरको हदबन्दी लागु गरिएको छैन । एउटा कार्यालय चलाउनु भन्दा देश चलाउनु सयौँ गुणा ठूलो र संवेदनशिल कुरो हो । तर पनि देश चलाउने सवालमा भने यहाँ हेलचेक्रयाई गरिएको छ । हाम्रो पार्टीको विचारमा ६० पुगेका सक्षम, योग्य र ईमानदार कर्मचारीभन्दा ६० नाघेका असक्षम, अयोग्य, भ्रष्ट नेतालाई हटाउन जरुरी छ र राष्ट्रको हरेक अंगहरुमा अनिवार्य युवाहरु हुन जरुरी छ त्यसो भयो भने बल्ल देश विकास सम्भव छ ।
यसै सन्दर्भमा कुलमान घिसिङलाई पुन ः दोस्रो पटक पनि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरिदिन हुन राप्रपा नेपाल सरकारसँग जोडदार माग राख्दछ । साथै यदि घिसिङलाई पुन ः नियुक्ति नगरे राप्रपा नेपाल सडक आन्दोलनमा जाने पनि सरकारलाई जनकारी गराउँदछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend