जन आकाश
एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनको संयूक्त बैठकमा दुवै संस्थाका अध्यक्षद्वय श्री बसन्तकुमार चौधरी तथा डा. लोचन कार्कीको संयुक्त अध्यक्षतामा बसी निम्न लिखित निर्णयहरु गरेका छन् ।
काठमाण्डौँ ः
निर्णयहरु जस्ताको तस्तै ः
१. मुलुकमा कोभिड(१९ को महामारीको चपेटामा रहेको बेला एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) तथा नेपाल मेडिकल एशोसियसन अत्यन्त चिन्तित रहेको र राष्ट्रसँग हातेमालो गरि सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको व्यहोरा व्यक्त गरियो ।
२. नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ(आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको विषयमा पनि समिक्षा गरियो ।
३. राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको र यस्तो भयावह स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन हर प्रकारबाट सरकारसँग सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गरियो । साथै नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनि नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो ।
४. कोभिड(१९ महामारीको यो स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन सम्पूर्ण नेपालीहरु उपचारमा दत्तचित्त रहेको र आप्mनो साधन श्रोतको अधिकतम उपयोग गरि सेवामा सधैं उपस्थित रहने प्रतिवद्धता व्यक्त गरियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend