जन आकाश
मोहन कार्की
रामेछाप ।
रामेछापको सदरमुकाम मन्थली अचेल सुनसान भएको छ । गएको भदौ १ गतेदेखि जिल्ला प्रशासन कार्यलयले निषेधज्ञा जारी गरेपछि अत्यआवश्यक काम वाहेकका मानिसहरु बाहिर निस्केका छैनन् ।
त्यो भन्दा अगाडी नगरपलिकाका स्वास्थ्य शाखाका एक कर्मचारी सहित दुईजनालाई कोरोना पोजेटिभ भेटिएपछि मन्थली नगरपालिका मन्थली आसपासका क्षेत्रहरुमा सर्तका अपनाईएको थियो ।
निरन्तर रामेछाप जिल्लाका बिभिन्न स्थानमा रामेछापवाट शहर वा अन्टराष्टियस्तरमा काम गर्न गएका स्थानीयहरु घर फर्किरहेका र को¥ यानटाइनमा रहेका उनिहरुको रिर्पोट एकपछि अर्को कोरोना पोजेटिभ भेटिन थालेपछि रामेछाप जिल्ला प्रशासन कार्यलयले अत्यआवश्यक सेवा वाहेक वाहिर ननिस्कन भनि निषेधज्ञा जारी गरेको थियो ।
काठमाडौवाट रामेछापका गोकुलगंगा, उमाकुण्ड, सोलुखुम्बु जिल्लाको केही स्थानीय तह र ओखलढुङगाका केही स्थानीय तह रामेछाप नगरपालिका लगायत क्षेत्रमा जान मन्थली नगरपालिका भएर आवत जावत गर्दा अत्यन्तै भिडभाड हुने रामेछापको सदरमुकाम मन्थली यतिवेला सुनसान छ । बैकहरु अल्टरनेटिभ अर्थात दिन बिराएर खोलिएका छन् । तरकारी, दुध, फलफुलको पसल खाद्यन्न बिहान ५ बजेवाट ९ बजेसम्म मात्र खुल्ने गरेका छन् । औषधी पसल, अत्आवश्यक एम्बुलेन्स सवारी साधनहरुलाई प्रकृति हेरेर चलाउन दिएको रामेछापका जिल्ला प्रशासन प्रमुख ( सिडियो ) रुद्र कुमारी शर्माले जानकारी दिनुभएको छ ।
उधोग बाणिज्य संघ रामेछाप जिल्ला शाखाले उधोग बाणिज्य संघमा आबद्ध ब्यवसायीहरुलाई बिषेश गरेर अहिले तरकारी,फलफुल, दुध लगायतका सिमित समयमा सेवा दिइरहेकाहरुलाई सर्तक अपनाएर सेनिटाईजर, मास्क, सामाजिक दुरी कायम गरी सुरक्षित ढंङगवाट ब्यवसाय गर्न उधोग बाणिज्य संघले सहयोग गरिरहेको रामेछाप उधोग बाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरेले बताएका छन् ।
आज भएको उधोग बाणिज्य संघ र सिसिएमसिको बैठकवाट सैलुन, ब्युटिपालर, भेला वाहेक अन्य ब्यवसायलाई सतर्क अपनाएर बिहान ५ बजेवाट हाल ९ बजे सम्म रहेको ब्यवस्थालाई दुइघण्टा बढाएर ११ बजेसम्म पहल भएको पनि घिमिरेले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend