जन आकाश
काठमाण्डौँ
भदौ १ गते मंगोल हब युट्युबबाट ग्यालजेन दोर्जे सहितको टिमले राष्ट्रिय झण्डा जलाएकोमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले विज्ञप्ति निकाल्दै खेद प्रकट गरेको छ । साथै सामाजिक संजालमा उक्त देशद«ोहि गतिविधिमा ख्रीष्टियन समुदायको हात रहेको भनि आरोप लगाई रहँदा ख्रीष्टियन समुदायहरुको यसमा कुनै हात नरहेको भनि विज्ञप्ति मार्फत दुःख व्यक्त गरेका छन् । ख्रीष्टियन महासंघ विज्ञप्तिमा लेख्छन् , सबैभन्दा पहिला देश अनि मात्रै धर्म । ख्रीष्टियनभन्दा अगाडी हामी नेपाली हौँ । यो देश हाम्रो पनि हो । हामीलाई पनि यो देशको माया उतिनै लाग्छ जति हिन्दु , बुद्धिस्ट र मुस्लिमहरुलाई लाग्छ । राज्यले ख्रीष्टियनहरुलाई अपहेलना गरे पनि हामी देशलाई सच्चा मनले माया गर्छौै । धर्म निरपेक्ष भएको मुलुकमा हिन्दुहरुलाई दशैँमा विदा दिन्छन् । बुद्धिस्टहरुलाई बुद्ध जयन्तीमा विदा दिन्छन् । मुस्लिमहरुलाई पनि ईदमा विदा दिन्छन् तर यहि देशको नागरिक हामी ख्रीष्टियनहरुलाई क्रिसमसमा विदा दिदैनन् । किन ? फेरि पनि हामी यो देशलाई माया गर्छौ परिआएको खण्डमा राष्ट्र र राष्ट्रियता जोगाउन परे हामी ख्रीष्टियन भएर होईन यो देशको सच्चा नेपाली नागरिक भएर देशको लागि आफ्नो ज्यानको आहुति दिन सदा सदैव तयार छौँ । साथै राष्ट्रिय झण्डा जलाउने देशदोहि«हरुलाई कडाभन्दा कडा कानूनी सजाय दिनुपर्छ भन्नेमा राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले सरकारसँग जोडदार माग राखेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend