logo शनिबार, साउन ९ २०८३ | Saturday 25th July 2026

क्षेत्री समाज नेपालको ध्यानाकर्षण

रास्टिय झण्डा जलाउदा समेत रास्टिय पाटीहरुले कुनै प्रतिक्रिया नदिएको प्रती आपत्ति


  • जन आकाश
  • शुक्रबार, भाद्र १२ २०७७

मंगोल नेशनल अर्गनाईजेसनको हवाला दिदै “क्षत्री बाहुन शरणार्थी हुन, यिनीहरुलाई धपाउनुपर्छ, लखेटनुपछ’ भन्दै



केही उच्छड़सल व्यक्तिहरुले गीत गाउँदै गरेको र नेपालीमात्रको एकताको प्रतीक राष्ट्रिय झण्डा जलाउँदै गरेको भिडीयो

सार्वजनिक गरेको र त्यस किसिमको जातीय द्वन्द्व र साम्प्रदायिक अवस्था सृजना गर्न उद्यत जमातको समर्थनमा जनजाति

समुदायका केही कथित गैरजिम्मेवार नेताहरुको अभिव्यक्तिप्रति क्षत्री समाज नेपाले गम्भीर ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी तराईमा खाना खाँदै गरेका एक निहत्था पुजारीको हत्या प्रकरणप्रति पनि समाजले ध्यानाकर्षण  गराएको छ ।

उसले बिज्ञप्तिमा भनेको छ।

हजारौं वर्षदेखि यस भूमिमा रही यसको संरक्षण एवं नेपाली मौलिक सभ्यता र संस्कृतिका अष्टा आदिमवासी

खसक्षत्रीहरुलाई आफूलाई मंगोलियाबाट आएको स्वघोषित गर्ने समुदायको नाममा अस्तित्वमा ल्याईएको तथाकथित संगठनको

हवाला दिर्दै खस क्षत्री, बाहुनहरुमाथि धावा बोलिनु विदेशीहरुको इशारा र लगानीको उपज हो भन्ने समाजको ठहर छ । हामी

विश्वस्त छौं, एक सच्चा नेपाली (जुनसुकै जाति समुदायको किन नहोस) यसबाट त्यस किसिमको गैर जिम्मेवारी एवं साम्प्रदायिक

गतिविधि हुनै सक्तैन । विगतका दिनहरुमा पनि “क्षत्रीलाई फाँसी, बाहुनलाई कांशी, क्षत्री बाहुन काटिन्छ , भित्तामा टाँसिन्छ,

तातो रगत चाटिन्छ “जस्ता सुन्नै नसकिने नारा पनि नलगाइएको होईन् । यसका वावजुद पनि हामी जिम्मेवार जाति समुदायमा

भएको धैर्यताले गर्दा नै रास्ट बलिओ अवस्था छ । यदि आगामी दिनहरुमा पनि राष्ट्रिय अखण्डता, जातीय सदभाव,सह-अस्तित्व र

सहिष्णुताको संस्कृतिमाथि कहिं कतै कुनै शक्तिको ईशारा, नाम र बहानामा जो कोहीबाट पनि अतिक्रमण गरिएमा यो देशका

आदिमवासी आम खस समुदायका मानिसहरुलाई सह्य नहुने र त्यस्ता जातिवादी तथा राष्ट्रघाती गतिविधिको डटेर सामना

गरिने व्यहोरा समयमै सचेत गराईन्छ ।

नेपालको संविधानको अवज्ञा गरी दिनदाहाडै नेपाल र नेपाली मात्रको एकताको प्रतीक राष्ट्रिय झण्डा जलाउनु र

खशक्षत्री, बाहुन जस्ता जिम्मेवार जाति समुदायमाथि धावा बोलिएको अवस्थामा पनि जिम्मेवार राजनीतिक दलहरुको मौनता

रहस्यमय रहेको हाम्रो ठहर छ । जसप्रति समाजको घोर आपत्ति पनि छ । जातीय तथा साम्प्रदायिक सद्भावमाथि धावा बोल्ने र

राष्ट्रिय झण्डा जलाउने तत्वहरुलाई यथाशीघ्र कडा भन्दा कडा कारवाही गरियोस् भनी ,क्षत्री समाज नेपाल केन्द्रिय सदस्य, उद्धब खत्री(बद्री),राज्य सरकारसँग।

जोडदार माग गर्दछ । यदि त्यस्ता अराष्ट्रिय एवं अराजक तत्वहरुलाई कारवाही नगरिएमा आम राष्ट्रवादी जनताले यो सरकारकै

नियतमाथि प्रश्न उठाउने छन् र राष्ट्रिय एकता र जातीय सदभाव कायम गर्न जनस्तरबाटै आन्दोलनको आँधीबेहरी ल्याउन

बाध्य हुनु पर्ने अवस्थाको जानकारी गराउँदै त्यस किसिमको विषम परिस्थितिको जिम्मेवार राज्य सरकार, जाति र अतिवादी

नेता एवं राजनीतिक दलहरुनै हुनु पर्ने व्यहोरा समेत जानकारी गराईन्छ ।

भनी उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend