logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

समयमा उपचार नपाउदा होमबहादुरको मृत्यु


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०७७

 



भरतपुर चितवन।
चितवनलाई मेडिकल सिटी भन्ने गरिएको छ । तर त्यही चितवनको भरतपुरमा रातभर भौतारीदा समेत उपचार नपाएको सुन्दा जो कसैलाई पत्यार नलाग्न सक्छ । तर नपत्याए पनि घटना सत्य भएको छ ।आईतवार विहान होमबहादुर गुरुङको उपचार नपाएरु मृत्यु भएको हो।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ३, शिवमन्दिरका ५४ वर्षका गुरुङ शनिवार साँझा करिब ११ बजे तिर एक्कासी बेहोस् भएपछि नजिकैको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार गर्न लगिएको थियो । उनका आफन्तले बताएका छन् स्वास्थ्यमा कुनै सुधार नभए पछि कालीगण्डकी अस्पतालले गुरुङलाई उपचारको लागी भरतपुर लैजान भनेको थियो। रातिको १ बजे परिवारले विरामीलाई भरतपुरको चितवन मेडिकल कलेजको शिक्षण अस्पताल (सिएमसी) मा ल्याए । अस्पतालले सामान्य बेर्ड समेत खाली नभएको भन्दै उनलाई एम्बुलेन्स बाटनै अर्को अस्पताल जान भन्यो ।तर होमबहादुरका भाई टेक प्रसादका अनुसार भरतपुरको नारायणी सामुदायीक अस्पताल, मनकामना अस्पताल , कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) ले पनि उनीहरुलाई आईसीयु आवश्यक रहेको र आफुहरु संग नभएको, चिकित्सकलाई कोरोना देखिएकाले आईसोलेशनमा वसेको भन्दै उपचार गर्न मानेनन्।यसरी अन्य अस्पतालमा सेवा नपाए पछि उनीहरु चितवन मेडिकल कलेज नै फर्कीए । अघिलो पटक र्फकाएको अस्पतालले उनीहरुलाई यस पटक पनि सेवा दिन मानेनन्।

उनीहरु त्यस पछि उनीहरु भरतपुर अस्पताल (सरकारी अस्पताल) पुगे त्यहाँ पनी उनीहरुले उपचारको लागी निकै मेहेनत गरे । प्रहरीको फोन नम्बर सयमा फोन गरे पछि अस्पतालले विरामी त लियो तर आइसीयू ÷ भेन्टिलेटर नभएकाले जोखिम लिएर इमरजेन्सी सेवा लिने भए मात्र गछौ भने पछी परिवारले जोखिम नै लिएर उपचार गराउन तयार गरियो। केही समय इमरजेन्सी सेवामा राखेर उपचार दिदै गर्दा उनीहरुलाई आफ्न्त बाट चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा आईसियू खालि भएको जानकारी पाए । एम्बुलेन्समा डुलाउँदा डुलाउँदै विरामी झनै सिकिस्त भए । दोस्रो पटक चितवन मेडिकल कलेज ल्याउदाँ उनलाई ज्वरो थियो । सामान्य अवस्थामा रहेको उनको शरीरको तापक्रम अस्पताल डुल्दाडुल्दा १ सय १ डिग्री देखियो त्यस पछि उपचार गर्न अस्पतालले थप आलटाल गरेको आफन्तको गुनासो पोखेका छन् । ज्वरो आएको भने पछि होमबहादुर गुरुङ नजिक परिवार बाहेक कोही परेनन् ।

अन्तत उपचार नपाएर उनको मृत्यु भएको परिवारले बताए।परिवारले अहिले शब बुझेर घर लगेक छन् । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालका निर्देशक डा. दायारम लम्साललाई बुझ्दा अस्पतालहरुमा समन्वय नहुँदा यस्तो भएको उहाँको भनाई छ सरकारि असपतालमा ओपिडीमा कुनै कोरोना भेटिएको छैन ।
तर अस्पतालले अन्य सेवाहरु सहज नगाराउदा बिरामीहरु समस्यामा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend