logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अपाङग महासंघको सरकारसँग गुनासो


  • जन आकाश
  • मंगलबार, भाद्र १६ २०७७

काठमाडौं ।
आपाङग महासंघले सरकारसँग गुनासो पोखेको छ । उसले भदौ ११ गते प्रेसित गरेको बिज्ञप्तिमा उल्लेख गरे अनुसार भनेको
अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७६ ले अपाङ्गता भएका व्यक्तिका सशक्तिकरणका सवालहरू, मापदण्ड सहितको पहुँचयुक्तता प्रवर्धन जस्ता महत्वपूर्ण विषयहरूलाई नियमावलीले एकदमै कम वास्ता गरेको छ भने सामाजिक सुरक्षा, समावेशी शिक्षा, स्वास्थ्य, सीप तथा रोजगार जस्ता व्यक्तिका जीवनका सबैभन्दा महत्वपूर्ण सवालमा पहुँच सुनिश्चित गर्ने विषयमा ऐन अनुसार तोक्नुपर्ने धेरै कुराहरूमा नियमावलिले समेटन सकेको छैन ।



तसर्थ उक्त नियमावलीमा भएका राम्रा ब्यवस्थाहरुको स्वागत गर्दै तपसिलमा उल्लेखित सवालहरु अन्तर्गत पर्ने र ऐनले तोक्नु भनेर भनेका सबै विषयहरू केलाइ सम्बोधन हुने गरी यथासिघ्र नियमावली संशोधन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल सरकारसँग आग्रह गर्दछ भनिएको छ ।
अपाङग महासंघका महासचीव राजु बस्नेतद्धारा हस्तक्षरित बिज्ञप्तिमा उक्त बिषयहरु उल्लेख छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend