जन आकाश
निजी क्षेत्र धारासायी ।
पहुुुचवालाहरुलाई हर्ष न बिस्मात ।
कोरोनाको त्रासले अन्य बिरामीले उपचार नपाउदा मृत्यु ।
कोरोनाको अर्थात कोभिड –१९ को सन्त्रासले नेपालका शहर देखि गाउँसम्म कतै बाकी राखेको छैन । गर्नुपर्ने कामहरु गर्न नपाएर मानिसहरु भोकै मर्नुपर्ने दिनको सृर्जना हुन लागेको बिभिन्न ठाउँहरुवाट समाचार आईराखेका छन् । बिशेष गरेर मजदुरी गरेर बिहान बेलुका कमाएर बाल बच्चा पालन पोषण गदै आएका र स–सना ब्यवसाय गदै आएका ब्यवसायीहरुको जीवन कष्टकर बन्दै गईरहेको छ । यस बिषयमा कसैको पनि ध्यान पुगेको देखिदैन ।
यहि समयमा बाढी, पैरोको बिपत्ति प्राकृतिका आपत्तकालीन अवस्था आईलाग्दा समेत मानिसहरुले मानिसको मानवीयता सम्झेर सहयोग गर्न चाहदा समेत कोरोनाको सक्रमण सन्त्रासका कारण उद्धार राहात ब्यवस्थापन समयमा हुन सकेको छैन । बिदेश गएका र शहरवाट गाउँ फर्कन पाउने जतिले पनि गाउँमा फर्केर घरमै थुनिनु परेको छ । गाउँ गाउँमा खाद्यन्नको अभाव हुन थालेको छ । बिपन्न परिवार र मध्यबर्गीय परिवारको लागि यो समय जटिल बन्दै गएको छ ।
निजी क्षेत्रका ब्यवसाय प्राय सवै धारासायी भएका छन् । ब्यवसायीहरुका लागि सरकारको कुनै प्रोत्साहन मुलक कार्यक्रम आएको छैन । सवैभन्दा मार ति साना र मझौला ब्यवसायीहरुलाई पर्ने देखिन्छ । उनिहरु धेर जतिको आफ्नो घर नभएको र अर्काको घरमा भाडा लिएर पसल, उधोग, होटल, सञ्चारमाध्यम, बिभिन्न खालका टे«निङग सेन्टर चलाउन लगानी गरेका छन् ति ब्यवसायीहरुले बिना कारोवार ६ महिनाको भाडा त्यतिकै तिर्नुपरेको छ तिर्नुपर्ने छ ।
सरकारले लकडाउनको समयमा १ महिनाको भाडा छुट दिन घरबेटीहरुलाई गरेको आग्रह समेत एदा कदा कुनै कुनैले छुट दिएको भएपनि धेरै जति काठमाडौ उपत्यका र अन्य शहरमा बसोबास गर्ने कोठावालाहरुले छुट नपाउदा निरास छन् । यस्तो अवस्थामा समेत कतिपय काठमाडौका घरबेटीले भागावालहरुलाई भाडाको बिषयमा किचकिच गरेर तनाव दिईरहेका छन् । यसको बिषयमा कुनै निकायको पनि पहल भएको देखिदैन । अझै कति महिना यसै गरेर जाने हो । लाखौ मानिसहरुको ब्यवसाय चौपट भईरहेको छ भने मजदुरहरुले काम गरिरहेका उधोग,कारखानाहरु बन्द हुदा लाखौ लाख मजदुरले रोजगार गुमाएका छन् । मजदुरका घर परिवारको दैनिकी जीवन कष्टकर बन्दै गएको छ ।
अहिले लकडाउन नभने पनि निषेधज्ञा जारी भईरहेको छ । कोरोनाको सक्रमण बढेको भनिए पनि कतिपय मानिसहरु जो पहुचवालाहरु छन् उनिहरुको लागि न हिजो लकडाउन थियो । न आज छ । उनिहरु निर्वाध रुपमा घुमफिर गरिनै रहेका छन् । स्थानीय निकायहरुमा त गाउपालिका अध्यक्ष, उपाध्यक्षहरुको लगानीमा चलाईका नगरपालिका हरुमा वडा अध्यक्षहरुको बलेरो, सुमोले त्यो लकडाउन र यो निषेधज्ञाको मौका छोपेर चर्को भाडा लिएर पैशा कमाउने अवसर बनेको छ ।
जसले अकुत पैशा कमाएर राखेकाहरुको लागि हर्ष न बिस्मात बैक चौबिसै घण्टा खुलेका छन् भनेको जस्तो किन्न पाइएकै छ । सरर कार लिएर गयो टक्क रोक्यो चट्ट पैशा निकाल्यो सानै बेग्लै संकट र महामारी भनेको सवैलाई लाग्नुपर्ने हो ।
नेपालको सन्दर्भमा त्यस्तो छैन । नेपालमा बर्गीय बिभेद देखिएको छ । मर्नेहरु धेरै जति मजदुरी गर्न गएका भारतवाट आएका खाडी मुलुकमा काम गरेर फर्केका नेपालमा नै मजदुरी गरिरहेका स –सना ब्यवसाय गरिरहेकाहरुलाई मात्र कोरोना लागेको छ र मरेका छन् सायद धेरै जति एकठाउँवाट अर्को ठाउँ जानुपर्दा खानपान नमिलेर झाडाबान्ता लागेर वा मानसिक तनावका कारण अन्य नै रोग लागेको तर समयमा उपचार नपाएर धेरैको मृत्यु भएको जस्तो देखिन्छ । ति सवैलाई कोरोना पोजेटिभ भनिएको छ ।
नेपालका डाक्टरहरुको नै कोरोना पोजेटिभको बारेमा कुरा बाझिएको छ । संसारमा यस्ता रोगहरु कुनै कुनै वेला आउछन् र यसको असर कतै कतै देखिन्छ र यसैको पछि लागेर अत्तियर बस्नु हुदैन यो कोरोनाको हल्ला गरेर सेनिटाईजर माक्स र अत्याधुनिक मेशिन बेच्ने बिकशित राष्ट्रको चाल हो भनेका छन्् । अर्काथरी डाक्टरहरु कोरोनाको बेला घरवाट नै बाहिर निस्कनु हुदैन रोग फैलन्छ भन्छन् । नेपालमा ९महिनाको अवधिमा कोरोनावाट मरेका भनिएका संख्या जम्मा २५० को हाराहारीमा मान्छे मरेको देखाउछ । त्यो कोरोनाले नै मरेको भन्ने एकिन गर्ने बिश्वासिलो आधार छैन । उसोत दैनिक औसतमा काठमाण्डौमा मात्रै १५ जना मानिस मरिरहेका हुन्छन् मान्छे मर्छ भनेर केही नगरी बसे हुन्छ जस्तो तरिका अपनाउनु राष्टको हितमा हुदैन । सजग र सर्तक भएर काम गर्ने तरिका अपनाएर काम गर्ने बातावरण बनाउनु चै बुद्धिमानी होला केही मानिसहरुको सुझावमा ।
यतिवेला सवै क्षेत्रमा सञ्चारको पहुच पुगेको छैन । सवै क्षेत्रको तथ्यहरु नआएका हुन सक्छन् । नेपालमा धेरै बिकट ठाउँहरु अझै पनि छन् । त्यस्ता ठाउँहरुमा यो सक्रमण नामको सन्त्रासले खाद्यन्न, लत्ता कवडा, औषधी पु¥याउन अप्ठ्यारो भएको हुन सक्छ ।
काठमाडौ उपत्यका लगायत शहरमा पनि यतिवेला मानिसहरु एक अर्कामा समन्वय नहुदा र कामहरु सुचारु नहुदा भौतारिदै सडकमा निस्केका देखिन्छन् ।
अन्तमा ः नेपालमा कोरोनाको सक्रमणले भन्दा पनि सन्त्रासले मानिसहरुलाई धेरै पिरलेको छ । यसको सावधान गर्ने उपाय र तरिका समबन्धित निकायले खोज्न जरुरी छ । अर्को तर्फ सधै घर घरमा थुनेर होइन । घरभन्दा बाहिर निस्केर पनि कोरोना रोकथाम गर्न सकिन्छ भन्ने बिकल्प खोजिएन भने नेपाल अनकन्टार जगलीहरुको देश बन्न सक्छ । यतातिर सवैको ध्यान जाओस ।
भदौ १६ गते जन आकाश राष्ट्रिय साप्ताहिकका प्रकाशित समाचार हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend