logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

विदेशबाट फर्किएर सुशीलले खोले कालिज फर्म


  • जन आकाश
  • बुधबार, भाद्र १७ २०७७

 



भक्तपुर।
मानिसहरुको बिदेश बिदेश भन्ने हुन्छ नेपालकांश युवाहरु बिदेशमा नै छन् । र कतिपय युवाहरु बिदेशवाट नेपाल फर्केपछि पनि पुनः बिदेश जाने गर्छन । तर भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटका सुशिल न्यौपानेले त्यसो गरेनन् । ६ बर्षको कतारको अनुभव लिएर नेपालमा नै सम्भावना देखेर नेपालमा नै केही गर्ने सोच बनाए । नेपालको जङगलमा पाइने कालिज फर्म ब्यवसायीक रुपमा गर्ने योजना बनाए करिब २० लाँखको लगानीम उनले घर नजिकै जंगल छेउमा रहेको ४ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै बारीमा फर्म बनाई करिब ४ सय कालिज पालेका छन् ।

नेपालमा पनि युवाहरुले आफ्नो देशमा नै बिकाश र उन्नति गर्नुपर्छ भन्ने सोच आउन थालेको छ । यस्ता थुप्रै युवाहरुले नेपालमा सम्भावना देख्न थालेका छन् । तर नेपालको लगानी मैत्री बातावरण भने अझै बन्न सकेको छैन ।
कृषि क्षेत्रलाई नयाँ ढंङगवात सञ्चालन गर्न ठेलीका ठेली योजना बनाएपनि कार्यन्वयन हुन नसक्दा कृषि क्षेत्र माथि उक्लन सकेको छैन । यो सुशिल न्यौपाने जस्ना युवाहरु देशमा धेरै रहेका छन् उनिहरुको संक्षण र प्रोत्साहन गरेर नेपालका युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बनाई सबल नेपाल बनउन सकिन्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend