logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बज्र समाज नेपालद्वारा रामेछाप नगरपालिका लाई स्वास्थ्य सामग्री प्रदान


  • जन आकाश
  • बुधबार, भाद्र १७ २०७७

रामेछाप जिल्लाको रामेछाप नगरपालिकालाई ईम्पु्रभिङ लाईभ्स ईन नेपालले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । नगरपालिका स्तरीय आईसोलेशन केन्द्र स्थापनाका लागी अवश्यक पर्ने सामाग्रीहरु उक्त संस्थाले नगरपालिकालाई उपलब्ध गराएको हो । बज्र समाज नेपाल रामेछापको समन्वयमा ईम्पु्रभिङ लाईभ्स ईन नेपालले प्रदान गरेको सामग्रीहरु ३ लाख ६४ हजार ४ सय ४७ रुपैयाँको रहेको छ । १० वेड आईसोलेशन निर्माणका लागि आवश्यक पर्ने सामाग्रीहरु संस्थाले उपलब्ध गराएको बज्र समाज नेपाल रामेछापका अध्यक्ष पुर्ण मगरले बताउनुभयो ।



आईसोलेशन कक्षका लागि आवश्यकपर्ने १० वटा वेड , वेडका लागी आवश्यपर्ने सामग्रीहरु १० थान, आई भि स्ट्यान्ड २ थान ,अक्सिजन कन्सरट्रेटर १ थान, थर्मल गन ४ थान , पुल्सअक्सिमेटर ४ थान , विपि डिजिटल १ थान , नेबुलाईलर मेसिन १ थान , फुट स्टेप १ थान र मेडिसिन ट्रली १ थान ईम्पु्रभिङ लाईभ्स ईन नेपालले रामेछाप नगरपालिकालाई उपलब्ध गराएको हो । उक्त सामग्री बज्र समाज नेपालका अध्यक्ष पुर्ण मगरले रामेछाप नगरपालिकाका प्रम्ुख नर बहादुर थापा मगरलाई हस्तान्तरण गर्नुभयो । यो परिस्थतीमा नगरपालिकालाई सहयोग गर्ने सहयोगीदातालाई नगरप्रमुख थापा मगरले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । यसअघि ५ वेडको आईसोलेशन रहेको रामेछाप नगरपालिकामा अब भने १५ वेडको आईसोलेशन तयार भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend