logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा बामदेवलाई लान सिफारिस गरेको छ


  • जन आकाश
  • शुक्रबार, भाद्र १९ २०७७

 



काठमाडौं । आज बसेको मन्त्रिपरिषले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लान निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् र खतिवडाले सगाल्दै आएको अर्थमन्त्रालय र सूचना तथा प्रविधि मन्त्रालय पनि मन्त्रीको पद खाली हुनेछ । खतिवडाको यो अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ । केही बिशलेषकहरुको भनाईलाई मान्ने हो भने वर्तवान अर्थमन्त्री पदवाट हटेपनि प्रधानमन्त्रीको अर्थ सल्लाहकार रहने भनिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend