जन आकाश
दिपेश लामिछाने ।
दोलखा ।
चिनवाट शुरु भएको कोभिड -१९) ले बिस्वका देशहरूमा पनि असर पार्दै गयो नेपालमा त्यसको असर त्यतिनै खेर नदेखिए पनि सरकारले चैत्र ११ गतेवाट लकडाउन लगायो । त्यो सतर्क अपनाउनु राम्रो विषय थियो।तर बिस्तारै बिदेशमा रहेका र भारतमा कामगर्न गएका नेपालीहरुको प्रबेश संगै नेपालमा सक्रमण बढेको छ। सरकारले लकडाउनको रणनीति बदलेर निशेधज्ञ जारी गरेको छ। लकभग ६ महिना बन्दाबन्दी भैसकेको छ।
घरेलु उधोग बन्द छन । आजको आजै काम गरेर बनी बुथो गरिखाने मजदुर, ज्यामी साना ब्यवसायी सबैलाई आर्थिक अभाव भै नै सकेको छ। साना ठुला आबै खालका क्षेत्रमा यसको असर परेको छ। देशलाई अर्थतन्त्रको ढाड भाचिएको छ। त्यसैले विकल्प खोज्न ढिलो गर्नु हुदैन । कोरोनाको कारणले धेरै मानिसको मृत्युु भएको देश अमेरिकालेत लकडाउन लगाएको छैन । भारतले समेत लकडाउन ल्होलिसकेको छ। यस्तो अवस्थामा नेपालले पनि विकल्प अपनाउनु पर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend