logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

टि.सि.एल. ब्राण्ड विश्वमै दोस्रो उत्कृष्ट ब्रण्ड बन्न सफल


  • जन आकाश
  • मंगलबार, भाद्र २३ २०७७

मोहन कार्की ।



काठमाडौं ।
विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टि.सि.एल. ब्राण्डका घरायसी सामाग्री को आधारमा टि.सि.एल. टि.भी. विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।
नेपालमा पनि टि.सि.एल ब्राण्डकाले घरायसी सामाग्रहरु ग्रहकलाई सेवा दिईरहेको छ । नेपालमा टि.सि.एल. ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगाएतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. मार्फत नेपाली बजारमा विक्री हुने गरेको छ ।

टि.सि.एल. ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भईसकेको ब्रण्ड रहेको नेपालको आधिकारिक बिक्रेता सिजी गू्रपले जानकारी गराएको छ । टि.सि.एल.का २३ वटा आर.एण्ड.डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो ब्यापर विस्तार गरिसकेको छ । विश्वमा टि.सि.एल. ब्राण्डको मुल्याङकन २००७ मा ४०.१३६ अर्व आर.एम.वि. रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्व आर.एम.वि. पुगेको छ । टि.सि.एल. ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ ।
टि.सि.एल. टि.भी. सन् १९८१ मा सुरुवात गरेको पाईन्छ । आई.एच.एस. पछिको २०१६ मा नै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टि.सि.एल. ब्राण्डका टि.भी. २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ । क्यु २, २०२० मा मार्केट सेयर को आधारमा टि.सि.एल. ग्लोबल टप २ टि.भी. ब्राण्ड बन्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend