logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चैनपुर नगरपालिकाले भष्टचार गरेको केशवलालको दावी

आरोप सत्य नभएको त्याहाका योजना शाखाका कर्मचारी महेश गौतमको भनाई


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०७७

मोहन कार्की ।
काठमाण्डौ ः– संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाले आफ्नो सप्लायर्स कम्पनी माथि अन्याय गरेको हुदा कारवाही गरी पाउँ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेको जौबारी टे«ड एण्ड सप्लायर्सका सञ्चालक केशवलाल श्रेष्ठले जानकारी दिएका छन् ।
चैनपुर नगरपालिकाले २०७७ साल जेठ २६ गते सामान सप्लाईको लागि टेण्डर आव्हान गरेको थियो । समय भित्रै नियम अनुसार फारम भरी बुझाएको फारम मध्य जुन सप्लायर्सले घटी दर रेटमा सप्लाई गर्छ उसैको फारम स्वीकृत गर्नु पर्नेमा सो नगरी नियम कानून मिचेर बढी रकममा सप्लाई गर्ने सप्लायर्स छनोट गरी फारम स्वीकृत गरेको हुदा अनियमित गर्ने कर्मचारीहरु माथि कारवाही गरीपाउँ भनि जौबारी ट्रेड एण्ड सप्लायर्सले मुद्दा दर्ता गरेको जनाएको छ ।



यस बिषयमा चैनपुर नगरपालिकाका योजना शाखाका कर्मचारी महेश गौतमलाई टेलिफोन गरी बुझ्दा गौतमले भने, “केशवलाल शाक्ले पेश गरेको जौवारी टे«ड एण्ड सप्लायर्स कम्पनीको इजाजत रागा, भैसी, खसी,बोका यस्तै अर्को राडा, गीटी, बालुवा निर्माण सम्बन्धि काम भनेर उल्लेख भएको र नगरपालिकाले खोलेको टेण्डरमा सेनिटाइजर प्याड मेडिशिन सामान सप्लायर्स इजाजत लिएको कम्पनी हुनुपर्नेमा जौबारी टे«ड एण्ड सप्लायर्सले त्यो इजाजत नलिएको एउटा कारण अर्को टेण्डरमा संलग्न कागजहरुमा भ्याट सहित वा वाहेक भन्ने बिषय पनि नखुलाएको र टेण्डर प्रकाशन गरेको मितिले सात दिनभित्र अदालतमा जाने बैकल्पिक ब्यवस्था हुदाहुदै पनि त्यो काम नगरि हल्ला गदै निराधार आरोपका लागि आरोप मात्र केशवलाल श्रेष्ठले लगाएको बताउनु भयो । ”

चैनपुर नगरपालिकाका मेयर भरत कुमार खत्रीलाई फोनमार्फत जानकारी लिदा “ मुल्याङकन समिति बसेर सवै कागजपत्र हेरेर मुल्याङकन गरेर गरेको निर्णय हो केशवलाल शाक्यले लगाएको आरोपमा सत्यता नभएको बताउनु भयो ।”
भष्टचार भए नभएको हेर्ने निकायले नै पत्ता लगाउला आएका सुचनालाई दुवैपक्षको जस्ताको तस्तै राखिदिने सञ्चारमाध्यमको काम हो । त्यो हामीले ग¥यौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend