logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बामदेवको मनोनयन सँगै देशमा छाएको खुशी

राष्ट्रधातिहरुको निद हराम 


  • जन आकाश
  • शुक्रबार, भाद्र २६ २०७७

सदनमा दुईतिहाईले संविधान संशोधन हुने
भावी प्रधानमन्त्री बामदेव पनि हुन सक्ने
मोहन कार्की ।
काठमाडौं ।
हालै मन्त्रीपरिषदको बैठकले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णयले देशमा देशभक्त, राष्ट्रवादी शक्तिहरुमा खुशी छाएको छ ।



नेकपा भित्र देखिएको अन्यौलता पनि केही हदसम्म मत्थर हुने भएको छ ।

प्रतिनिधिसभामा निर्वाचनवाट पराजय भएका ब्यक्तिले कुनैपनि कार्यकारी जिम्मेवारीमा जान पाईने छैन भन्ने शब्द हटाएर सविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बामदेवसँग सहमत भएपछि मात्र बामदेवले राष्ट्रियसभामा जान मानेका हुन् ।

यसको अर्थ बामदेव अव राष्ट्रियसभाको मनोनित सदस्य मात्र हुने छैनन् । केपी शर्माको बिकल्प पार्टी भित्र खोजिएमा केपी शर्मा ओली कै प्रस्तावमा भावी प्रधानमन्त्री बामदेवलाई बनाउन सक्ने बिशेष शुत्रहरुको दावी छ ।

एकातिर भने अर्कोतर्फ नेपालमा नेपाली नागरिता बोकेर बिदेशी भत्ता खादै आएका राष्ट्रधाति तत्वहरुको भने निद हराम भएको छ । सदनमा बामदेवलाई रोक्न संविधान संशोधन गर्न बिदेशीहरुको इसारामा बिरोध गर्न बेर लगाउने छैनान् । तर देशभक्त नेपालीहरुको साथ रहेसम्म ति बिरोध गर्ने इसारावाजहरुको केही लाग्दैन बामदेवका समर्थकहरुले त्यस्ता इसाराबाजहरुको ष¥यन्त्रलाई सफल हुन दिने छैनौ भन्ने दावी गर्छन् ।

को हुन बामदेव ?
प्यूठानमा जन्मनु भएका र नेपालमा चलिरहेको पञ्चायत बिरोधि आन्दोलनमा पुष्पलाल समुहमा रहनु भएका बामदेवले २०२२ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । पुनः २०२६ सालमा बाग्लुङमा पनः पार्टी सदस्यता लिनुभएको थियो । २०३५ सालमा मुक्तिमोर्चाको सदस्य रहेर काम गर्नुभएको थियो । पार्टीको बिभिन्न मोर्चा सगाल्दै आउनु भएका बामदेवले आफ्नो जन्मथलो प्यूठानभन्दा अन्य ठाउमा पनि काम गर्नुपर्छ भन्ने मान्यता राखेर काम गदै आउनु भएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा सवैभन्दा धेरै पछारिनु भएका तर नेपालको कम्युनिष्ट आन्दोलन सँगसँगै राष्ट्रियताको लडाईमा सधै अडिग र प्रतिरोध गर्न सक्ने क्षमता राख्ने, किसान र मजदुरहरुको मर्म र भावनामा सधै साथ दिने जव जव देशलाई अपठ्यारो पर्छ तव तव साहासी आट लिएर आफु अवसर भन्दा वाहिर रहेर पनि देशको हितमा काम गर्ने नेताको छवि बनाउनु भएका बामदेवले नेपालको राष्ट्रिय राजनीतिमा योगदान गदैँ आउनु भएको छ । नेपालकोे हित बिरुद्धमा भएको महाकाली सम्झौता हुदा पार्टीमा नोट अफ डिसेन्ट लेखेर नेकपा (एमाले) नामको पार्टीवाट अलग भई २०५४ सालमा नेकपा (माले) पार्टीको स्थापना गर्नु भएको थियो । नेपालको महाकाली क्षेत्रका नेपाली झण्डा फराउने आट त्यतिवेला नेकपा (माले)ले गरेको थियो । देश बिरुद्ध हुने प्रत्यक्ष अप्रत्यक्ष सवै खालको ष¥यन्त्रलाई परास्त गर्न नेपालका सुरक्षा निकायहरुलाई मजबुद पार्ने काम बामदेवले गृह मन्त्रलय संगालेको पहिलो कार्यकालमा भएको थियो ।

बिद्रोहमा रहेको माओवादी जनयुद्धले देशमा पारेको असर र धेरै खालका शक्तिले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन प्र¥याश गर्दा समेत नसकेको कठिन काम राज्य र माओवादी द्धान्द्धलाई शान्ति प्रक्रियामा ल्याउने साहासी काम पनि बामदेव गौतमको नेतृत्वमा भएको थियो ।

नेपालको कम्युनिष्ट पार्टी २००६ सालमा पष्पलालको नेतृत्वमा भारतमा स्थापना भएको भएपनि त्यो भन्दा पछि स्थापना भएका थुप्रै्र कम्युनिष्ट पार्टीहरुलाई फुटेर होईन जुटेर मात्र परिवर्तन सम्भव छ भन्ने तर्क पेश गदै बामहरुलाई जुटाउदै नेपालको बाम गठबन्धन बनाउन भुमिका बामदेवले भुमिका खेल्नुभएको थियो । नेपालमा कम्युनिष्ट पार्टीहरुको अवस्था राम्रोसँग बुझ्नुभएका बामदेवले अनेकौ खालका पराजयहरुवाट कहिल्यै हरेस नखाई बिभिन्न तप्कामा बिभाजित देशभक्त शक्तिहरुलाई समेत एक ठाउँमा जम्मा भएर काम गर्ने बातावरण बनाउन भुमिका निर्वाह गर्नुभएको थियो । पार्टीको आर्दशलाई भन्दा देशको परिस्थितिलाई बुझेर मात्र काम गर्ने स्वभाव र शैली भएका देशपे्रमले ओतप्रोत भएकै कारण पार्टीभित्र आलोचित हुदाहुदै पनि देश रहेन म रहन्छु भन्ने बिचार राख्ने र ब्यवहारमा पनि त्यत्तिकै उतार्न सक्ने ब्यवहारिक ब्यक्तित्व बनाएका बामदेवलाई देशका सवै नागरिकहरुले कम्युनिष्ट मात्र भनेर चिन्दैनन देशभक्त बामदेव भनेर चिन्ने गरेका छन् । त्यसैले बामदेवले गर्ने हरेक भाषण जनताले कान ठाडो पारेर सुन्छन् । बामदेवले गर्न लागेका कामहरुलाई साथ पनि त्यतिकै मात्रमा दिने गर्छन ।
शान्ति प्रक्रिया देखि संविधाानसभासम्म बामदेवको भुमिका

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको निर्वाचनमा नेकपा एकीकृत माओवादी र नेकपा एमालेलाई कार्यगत एकता गराउन ठुला बाम एकताको माहोल बनाए स्पष्ट बहुमत ल्याउन भुमिका निर्वाह गर्नु भएको थियो । तर तिनै बामदेवलाई देशी बिदेशी शक्ति लागेर बामदेवले भाग लिएको बर्दिया जिल्लावाट ष¥यन्त्रपुर्वक निर्वाचनमा पराजय गराईएको थियो । तैपनि कतिपनि हरेस नखाई आम जनता देश र पार्टीका कार्यकर्ताको मन जित्न सफल बामदेवले निर्वाचनपछि नेकपा एकीकृत माओवादी र नेकपा एमालेलाई पार्टी एकीकरण गाराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको थियो ।यीनै महत्वपुर्ण काम र देशको हितमा काम गर्ने क्षमता भएको कारण नै बामदेव गौतमको राष्ट्रियसभामा मनोनयन भएको बुझ्न सकिन्छ ।
गृहमन्त्री सगाल्दा भएका राम्रा काम

बामदेव गौतमले गृहमन्त्री भएर गर्न खोजेका महत्वपुर्ण काम नेपालमा मदिराजन्य र सुर्तीजन्य किन बेचको लागि छुट्टै जोनको ब्यवस्थापन गर्ने र चुरोट र मदिराजन्य बस्तु किन्न उमेरहद तोक्ने जाहातही सुर्ती र मदिराजन्य बस्तु सेवन गर्न नपाईने ब्यवस्था गर्न लागिएको थियो । यो नेपालमा सभ्य समाज निर्माण गर्ने सामाजिक न्यायमा आधारित कानुन थियो । त्यो कानुन लागु भएमा भोलिका दिनमा नेपालका असल नागरिक उत्पादन गर्न मदत पुग्थ्यो यस्ता दिर्धकालीन सोच राखेर काम गरेको देखिन्छ । तर त्यो पास हुन सकेन । नेपालका माफियाँहरुले त्यो कानुनलाई पास हुन नदिएको बामदेवले बिभिन्न सभामा भन्दै आउनु भएको छ ।
बामदेव गौतमको बारेमा अफवाह फैलाउन गिरोह नै परिचालन
बामदेवलाई अर्नगल प्रचार गर्ने, गर्न लगाउने को पनि कमि थिएन । छैन । छुट्टै समुह नै बनाएर बामदेवको बिरुद्धमा समाचार लेखाउन पत्र पत्रिका खोल्न समेत लगानी गरेर सञ्चालन गरेको देखिन्छ । पछिल्ला समयमा त सामाजिक सञ्जालमा अफवाह फैलाउने उदेश्यले सवै वालहरुमा बिष बमन गरिरहेका देखिन्छन् । त्यहा लेखिएका कमेन्ट र शब्दहरु ह्ेर्दा पनि नियोजित हुन भन्ने बुझ्ने खालका छन् ।
बामदेवको लागि ज्यान दिने पनि छन् ।
बामदेव गौतमको बारेमा जति दष्प्रचार गरेपनि उहाको पक्षमा ज्यान दिने सामान्य नागरिक देखि प्रतिनिधि संसद समेत छन् । बामदेवलाई सरकारभन्दा बाहिर राखेर काम गर्न सकिदैन र सदनमा बामदेवको भुमिका हुनुपर्छ भन्दै काठमाडौ क्षेत्र न. ७ का रामवीर मानान्धरले बामदेव गौतमको लागि मैदान खाली गरिदिने भनेर सार्वजानिक रुपमा बोलेपछि नेकपामा भुइचालो नै गएको थियो । रामदेव त प्रतिनिधि पात्र मात्र हुन् यस्ता थुप्रै नेता कार्यकर्ताहरु बामदेवको लागि ज्यान दिन तयार हुन्छन् बामदेवलाई नजिकवाट चिनेका पुर्व नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा साहित्यकार समेत रहनु भएका मोदनाथ प्रश्रीत पौडेलको भनाई हो यो । काठमाडौ ७ का जनतासमेत एउटा प्रभावशाली नेता पाउदा आफुहरु बामदेवलाई उक्त क्षेत्रको नेता बनाउन आतुर छौ भन्दै प्रचार प्रसारमा लागिसकेका थिए ।
तर बामदेवले नै एउटै सिर्शकको निर्वाचनमा पटक पटक भाग नलिने बताएपछि उक्त क्षेत्रमा रामदेब मानन्धर नै संसदको रुपमा कायम भएका थिए ।
तर बामदेवको सोचाई गराई देशको पक्षमा
बामदेवको कारणले नेपाल देशको लागि हानि नोक्सानी कतै भएको देखिदैन बरु देशको हितमा काम गरेको देखिन्छ । आज त्यो बामदेवको राष्ट्रवादी बिचारले राष्ट्रवादी शक्ति बलियो हुदै गएको देख्न सकिन्छ । भलै त्यो बिभिन्न समुहमा किन नहुन राष्ट्रवादीको श्रय बामदेव पनि हुन ।
आउदा दिनमा बामदेवले राष्ट्रको लागि पु¥याउने योगदानको मुल्याङकन त उहाले गर्ने कामले निर्धारण गर्छ । त्यो त अझै हेर्न बाकी नै छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend