जन आकाश
मोहन
काठमाडौं । राष्ट्रियसभामा रिक्त १ सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम मनोनीत हुनुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो
बामदेवले गर्नुभयो राष्ट्रिय सभाको गरिमा बढाउन लाग्ने प्रतिवद्धता
बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सीनाले गौतमलाई सपथ गराउनु भएको हो ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसको चार दिनपछि राष्ट्रपतिले गौतमलाई मनोनयन गर्नुभएको हो । गौतम यसअघि ३ पटक उपप्रधान मन्त्री र गृहमन्त्री भइसक्नु भएको छ।
गौतमको सपथप्रणह समारोहका सत्तारुढ नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत सहभागी हुनुभएको थियो।
उपाध्यक्ष गौतमले सपथप्रहण पछि आफु राष्ट्रिय सभाको गरिमा बढाउन प्रतिवद्ध भएर लाग्ने बताउनु भएको थियो।
’गौतमले कुनै बेला आफ्नो कार्यकर्ता रहेका र आफुनै नै पार्टी सदस्यता प्रदान गरेका व्यक्तिबाट अहिले सपथ लिन पाँउदा गर्वले छाती फुलेको समेत बताउनु भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend