जन आकाश
रामेछाप।
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका ८ जनामा थप कोरोना संक्रमण पुप्ष्टि भएको छ । यहि असोज २ गते गाउँपालिकाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरी पठाइएका २७ जनामध्ये ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको हो । थापाका अनुसार १ जना महिला सहित ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । गोकुलगंगा गाउँपालिकाका वडा नम्बर ६ का २२ वर्षका पुरुष , वडा नम्बर ४ का ३६,५५,४८,४४,५५ वर्षका पुरुषहरु , वडा नम्बर ४ कै २६ वर्षको महिला र १२ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य नै छ । उनिहरुलाई गोकुलगंगा अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend