जन आकाश
कबि बिश्व सिग्देलको जन्म बिक्रम सम्बत (२०३७) सालमा काभ्रे जिल्लाको नाला भन्ने ठाउँमा भएको हो।
उहाँ समसामयिक बिषयमाथी फरक दृस्ठि दिदै गम्भीरतापुर्वक काब्य मिब्यती दिने एक प्रभावशाली सालिन युवा कवि हुनुहुन्छ। उहाँका कवितामा थोरै शव्दमा धेरै कुरा अट्ने गरेको पाईन्छ।
कवि बिश्व सिग्देलका कविता करिब तीन दर्जन छापाका राष्ट्रिय स्तरका पत्रीकामा प्रकाशित भएका छ्न। त्रिभुवन बिश्वबिध्यालयबाट मास्टर सम्म अध्यन गर्नु भएको छ। उहाँ विभिन्न किसमका सेमिनारहरुमा भाग लिनु भएको छ।
कबि बिश्वले जन आन्दोलन भाग दुई अन्तर्गत २०६२(२०६३ सालमा भएको जनआन्दोलनमा निरङ्कुस राजतन्त्रको विरुद्धमा र गणतन्त्र नेपालको लागि काठमाडौका चोक चोकमा कविता बाचन मार्फत सहभागीता जनाउनु भयो ।जब उहाँ ले कविता बाचन गर्नु हुन्थ्यो तब आन्दोलन गरिरहेका मानिस बैशाख जेठको गर्मिलाई कवि सिग्देलका कविता मार्फत सितलता पाउथे।
उहाँले काठमाडौको खुलामन्च भद्रकाली जमल घन्टाघर कोटेश्वर बानेश्वर लगायतका दर्जन बढि स्थानमा बाचन गर्नु भएको छ। उहाँले काठमाडौका विभिन्न प्रतिष्ठित ठाउँमा आफ्ना कविता बाचन गर्नु भएको छ। गत बर्स नेपालकै प्रतिष्ठित लुनकरणदाश. गैगादेबी चौधरी प्रतिस्ठानमा र सर्बनामको हामी कविता र एकल कविता बाचन गर्नु भयो ।
उहाँले थुप्रै तेस्ता मन्चमा कविता बाचन गर्नु भएको छ। उहाँले युवा अबस्थामै थुप्रै सम्मान तथा पुरुस्कार प्राप्त गर्नु भएको छ।
उहाँले नेपाली साहित्य जगतमा विशेष ,अमुल्य योगदान दिनु भएको छ। राज्यले यस्ता उर्जा (वान युवालाई सहयोग र प्रोत्साहनको आवश्यकता रहेको छ।
नेपाली कवि हरु मध्य अबल्ल कबिका रूपमा स्थापित नाम हो बिश्व ।
उहाँ कवि मात्र नभएर अशल गितकार लेखक समालोचक कथाकार हुनुहुन्छ । आधुनिक नेपाली साहित्यमा कलम चलाउने कवि बिश्व नेपाल साहित्यका चम्किलो घाम हुनुहुन्छ ।
उहाँको कविता तालिको समाजसास्त्रलाई अध्यन गर्ने मौका मिल्यो । मलाई उहाँको कविता अध्यन गर्दाको मेरो अनुभुती भन्नू प्रर्दा कवि बिश्व नेपाली युवा कबि मोतीराम भट्टको जस्तै सृजनशिल हुनुहुन्छ ।
उहाँका रचना गरिब दुखी पीडित किशानको पिर मर्काका कविताले स्थान पाएछ्न।
नेपाल्मा पुजिपती बर्गका मात्र कविता लेखिन्छन तर उहाँले बिना आग्रह पुर्ब आग्रह नराखी उत्पीडित समुदाय गरिब , दलित, किसानका पीर मर्काको मर्म बुझेर कविता लेखेका छ्न।
उहाँको कबितामा रास्ट« र राष्ट्रियता बोल्छ। भारतियले नेपाली चुलो निभाउन प्रयास गरेको प्रसङ्ग नेपाल भारत बीच भएको असमान १९५० सन्धिले गर्दै नेपाली जनता आफ्नो चुलो बाल्न दुख भोग्नु परेको, अघोषित नाका बन्दी गरेर नेपाली गरिबको चुलो बल्नबाट रोकेको प्रसङ्ग नेपाली हरुले सीप सिकेर नेपालमै रोजगार बन्न प्रेरित गर्नु भएको छ।उहाँले मानव प्रार्णी को अन्तिम केन्द्र आर्यघाटको चितामा धुवालाई पनि रोचक रुपमा व्याख्या गर्नु भएको छ। नेपाली साहित्यमा लागिरहनु हुने युवा कवि बिश्वलाई अझ अघि बड्न प्रेरणा मिलोस उहाँका सुन्दर रचना अझ पड्ना पाउ नेपाली साहित्यमा तपाईंको नाम चम्किरहोस यहि मेरो शुभकामना छ ।
शान्तिदिप रेग्मी
साहित्य प्रसंशक
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend