logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आजतक च्यानलले गरेको कु प्रचारको ग्रेटर नेपालद्वारा भ्रसना


  • जन आकाश
  • बुधबार, असोज ७ २०७७

काठमाडौ ।
ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपाललाई ईन्डियाको च्यानल आजतकले खतरनाक भनेर समाचार बनाएको प्रती आज  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बिज्ञपति निकालेर भ्रसना गरेको हो ।
बिज्ञप्तिमा भनिएको छ। “आफूलाई इन्डियाको सबैभन्दा ठूलो समाचार प्रतिष्ठान भएको दाबी गर्ने इन्डियाली समाचार संस्थाले गरेको प्रचारबाजीविरुद्ध  प्रेसविज्ञप्ति



विगत केही दिनयता ग्रेटर नेपाल र  यसमा मेरो प्रतिबद्धता  र संलग्नतालाई लिएर आफूलाई  इन्डियाको सबैभन्दा ठूलो न्यूज च्यानल भनेर दाबी गर्ने  `अाज तक´ नामक  सञ्चारमाध्यमसहित अन्य इन्डियाली समाचार संस्थाहरूले अतिरञ्जित ढंगले समाचार प्रकाशन-प्रसारण गरेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

मैले सुगौली सन्धिमा नेपालले गुमाएको जमिन सुगौली सन्धिकारी पक्ष बेलायत नै यस क्षेत्रबाट विस्थापित भएपछि त्यो जमिन इन्डियाले कब्जा गर्ने होइन , नेपाललाई ससम्मान फिर्ता गर्नुपर्छ भन्दा मलाई इन्डियाका लागि घातक र खतरनाक भन्ने अारोप लगाउनु  बेलायती उपनिवेशबाट मुक्तिका लागि सङ्घर्ष गरेको इन्डियाका लागि कुनै पनि हालतमा शोभादायी होइन ।

तत्कालीन ब्रिटिश इन्डियाबाट बेलायती शासन हटाउन भएका अान्दोलनमा नेपालीहरूको उल्लेख्य सहभागितामात्र होइन , उनीहरूले जेलनेल पनि भोगेका थिए । ब्रिटिशहरूले यो क्षेत्र छोडेपछि नेपालको जमिन पनि स्वतन्त्र हुनेछ भन्ने नेपालीहरूको अाशामाथि स्वतन्त्र इन्डियाले तुषारापात गरेको थियो । त्यही जमिन अाज हामी मागिरहेका छौँ । हिजो बेलायती उपनिवेशविरुद्ध त्यहाँ भएको अान्दोलन सही थियोे भने हामीले इन्डियाली उपनिवेशबाट मुक्ति खोज्नु कसरी अातङ्क हुनसक्छ ? यसै सन्दर्भमा राज्य नियन्त्रित इन्डियाली सञ्चारजगत् मैले गरेको ग्रेटर नेपाल अान्दोलनको नेतृत्वलाई इन्डियासँगको सबैभन्दा ठूलो शत्रुता ठान्छ भने यो मलाई तर्साउन गरेको सुनियोजित खेल सिबाय अरू केही होइन । मैले नेपालको जमिन फिर्ता मागेको हुँ , इन्डियाको एक इन्च जमिनमा पनि  मेरो मागदाबी छैन । मेरो र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको शान्तिपूर्ण मागलाई गलत रूपमा प्रस्तुत गर्ने इन्डियाली सञ्चार जगत्को बदनियतको म घोर भर्त्सना गर्दछु र ममाथि मानसिक दबाब दिएर मेरो घरपरिवारको समेत  शान्ति बिथोल्ने यस किसिमको घातक क्रियाकलाप बन्द गर्न म काठमाडौँस्थित इन्डियाली दूतावासलाई अाग्रह गर्दछु ।”
मोर्चाका अध्यक्ष फनिन्द्र नेपालको हस्ताक्षर रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend