जन आकाश
नेपाल जस्ता राष्ट्रहरुको बिजोग ।
गरिब राष्ट्रहरुलाई कमसल उपकरण ।
डब्लु एच ओको रिर्पोट पनि शंकस्पद ।
कोरोन (कोभिड) –१९ बुझि नसक्नुको भाईरस ।
कोरोना भाईरस भेटिएको हल्ला गरेको झण्डै एक बर्ष हुन लाग्यो । नेपालमा भने ७ महिनको चरणमा छ । यो ७ महिनाको अवधिमा नेपालले स्वास्थ्य सामग्रीमा मात्रै झण्डै १२ अर्ब रुपैया खर्च गरि नै सकेको छ । यो सरकारले गरेको आधिकारिक खर्चको मात्र बिवरण हो ।
आम नागरिकहरुले प्रयोग गर्ने गरेको स्यानिटाइजर,माक्स, पिपि, पञ्जा, आईसुलेशनको लागि प्राईभेट कम्पनीले प्रयोग गरेका उपकरणहरुको त लेखा जोखा नै छैन । यो आकाडा हेर्दा देशको धनराशि एकातिर खर्च भएको छ । अर्को तर्फ कोरोना भाईरस बुझिनसक्नुको रोग र रिर्पोटहरु पनि संकस्पद नै छ । बिश्व भरी फैलिएको भनिएको रोग एक ब्याक्तिवाट अर्को ब्याक्तिमा सजिलै सेकेन्ड भरमा सर्ने रोग भनेर डब्लु एच ओ ले भनेको छ । तर नेपालको सन्दर्भमा पहिलो पटक एक सुत्केरी धुलिखेल हस्पिटलमा मृत्यु भएको र मरेपछि रिर्पोटमा कोरोना पोजेटिभ भएको खवर आएको थियो ।
त्यसपछि ति कोरोनावाट मृत्यु भएकी सुत्केरीको आफन्त उनिवाट जन्मेकी १० दिनकी बच्चालाई टेष्ट गर्दा कोरोना थिएन । त्यसै दिनवाट कोरोना बिबादित बिषय बनेको छ । त्यो घटना हेर्दा काही नभएको जात्रा नेपालमा पनि कोरोना छ भनि नेपाल नेपाल सरकारले देशलाई ढुङगे युगमा फर्काउने तयारी गरेको हो वा यो बिश्वमा फैलिएको भनिएको कोरोनाको बिश्व सितयुद्ध शुरु गर्न प्रयोग गरिएको अस्त्रमा कतै अन्तराष्ट्रिय शक्तिको निर्देशनमा नेपालले नेपालमा लकडाउन लगाएर शक्तिशाली राष्ट्रलाई फाईदा पु¥याउन गरिएको खेल त कतै होइन ? नेपालको घटनाले त्यही पुष्टि गदै गइरहेको छ । एक जना मानिसलाइ बिभिन्न अस्पतालमा जाच्दा फरक फरक रिर्पोट आउछ । एउटै हस्पिटलमा आज टेष्ट गर्दा पोजेटिभ भोलि गर्दा नेगेटिभ यि रिर्पोटहरु बिश्सनीय देखिदैनन् ।
यो कोरोनाको नाममा सक्तिशाली राष्ट्रहरुले जसको आधुनिक पिसिआर जाच्ने मेशिन, पिपि, माक्स, पञ्जा, आईसोलेशन वार्डका सामानहरु बनाए ति देशहरुले भने कोरोनाको नाममा ट्रिलियन डलरमा ब्यापार गरिरहेका छन् । तर नेपाल जस्ता गरिब राष्ट्रहरुलाई गरिब माथि गरिब बनाउने कोरोना आताङ भाईरस नभएर मानिसले फैलाएको हल्ला र बिकशित राष्ट्रहरुले काल पुगेर मरेकालाई कोरोना भन्दै आफ्नो अर्थतन्त्र बलियो बनाउन खेलिएको चाल भएको जस्तो देखिन्छ । नभए अकाशमा रकेट पठाउन सक्ने क्यान्सरको रोग पत्ता लगाएर उपचार गर्न सक्ने बैज्ञानिक हरुले किन यसको उपचार पद्धति एक बर्ष हुन लाग्दा समेत बिकाश गदैनन् । मेडिशिन पद्धति फेल भएको हो भने प्राकृतिक पद्धतिलाई किन बिश्वास गदैनन् । र कतै जडीबुटीले काम गर्छ भन्दा स्वीकृति दिईदैन । नेपालका आर्युवेद औषधालयहरुको प्रयोग किन गरिदैन । बिषय सामान्य जस्तो देखिए पनि गम्भिर छ ।
रोगले भन्दा पनि गरिब राष्ट्रका जनता भोकले मर्न थालिसकेका छन् । नेपाल यतिवेला ढुङगे युगतिर फर्केको छ । कतै यातायात चल्दैनन् । बिरामी बोक्ने एम्बेलेन्सहरुले बिरामी ओसार्न भ्याएका छैनन् । कोरोनको हल्लाको नाममा यातायातमा ५० प्रतिशत भाडा बृद्धि गरिएको छ । त्यो पनि लामो दुरीका गाडीहरु चलेका छैनन् । चलेकाले २०० प्रतिशत सम्म बढी भाडा लिएर चलाएका छन् । त्यस्ता यातायाताहरुलाई बाध्य भएर कामको लागि टाढा टाढा जानुपर्ने मानिसहरुले मन भित्र पीडा दवाउदै तिर्न बाध्य छन् ।
यो कोरोनाको हल्ला सृर्जना गर्न नेपालमा एक खालका माफियाहरुको सञ्जाल नै लागेको जस्तो देखिन्छ । किनकि संक्रमण अवस्थामा सेटिङ मिलाएर बजार भाउहरुमा र्काटेलिङ गरि अत्यआवश्यक बस्तुहरु कालो बजारी गरी पैशा कमाउने एउटा बिरामीले उपचारको लागि पास लिन जादा २ दिन कुर्नुपर्ने तर माफियाका यातायात जताततै १०० प्रतिशत सम्म महगो भाडा तिरेर यात्रा गर्दा यातायाता पाईने गरी देशलाई बदनाम र तन्नम बनाउने खेल खेलेको सहजै अनुमान लगाउन सकिन्छ ।
महामारी फैलियो फैलन्छ भनेर सजग सर्तक अपनाउनु पर्छ । तर नेपालमा सुझबुझ भन्दा पनि हल्ला बढी गरेर सामान्य गरिखाने नागरिकहरुको बिचल्ली भएको छ । पैशाको अभावमा निशेधज्ञा खोलेको यतिका दिन भईसक्दा पनि मानिसहरु काममा निस्कन सकेका छैनन । बजारमा बेच्न राखेका फलफुल , तरकारी बिक्री नभएर कुहिएर जान थालेको छ । आर्थिक अभावमा मानिसहरुले जिवन धान्न धौ धौ भएको छ । बजार सुनसान छ ।
बिगतका ७ महिनाले सिकाएको पाठलाई अध्ययन गरेर कोरोनाको हल्लाको पछि लागेर होईन । बास्तविक बुझेर मात्रै बिश्वास गर्नुपर्छ । सिथिल भएका मनहरु उठेर फेरी पुनः बौरहने प्र¥यास गर्ने सवै नागरिकहरुलाई हौशला प्रदान गर्न सरकारले साथ दिन जरुरी देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend