logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुलमान घिसिङलाई राप्रपा नेपालको राष्ट्रिय अध्यक्ष बन्न प्रस्ताव


  • जन आकाश
  • आइतबार, असोज ११ २०७७

काठमाण्डौँ
राप्रपाका वरिष्ठ उपाध्यक्ष पुर्व गृहमन्त्री बुद्धिमान तामाङ , नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र राप्रपा नेपालका केन्द्रिय अध्यक्ष लाक्पा तामाङ बिच आज राजनितिक भेटवार्ता भएको छ । साथै राप्रपा नेपालका अध्यक्ष तामाङले कुलमान घिसिङलाई राप्रपा नेपालका राष्ट्रिय अध्यक्षमा बसिदिन हुन समेत प्रस्ताव राखेका छन् । अध्यक्ष तामाङले जनआकाश मिडियासँग कुराकानी गर्दै भने मेरा लागि कुर्सी भन्दा देश ठूलो हो । म एक सन्यासी बुद्धको सन्तान हुँ । बुद्धलाई विश्वभर चिनाउनु मेरो उदेश्य हो । मन्त्री बन्नु र पैसा कमाउनु होईन । यदि म भन्दा योग्य , देशलाई माया गर्ने राप्रपा नेपालमा कोहि आउँछ भने म मेरो अध्यक्षको कुर्सी त्यागिदिन तयार छु । मलाई कुर्सी होईन देशको माया छ । राजनितिमा लिनु ठूलो कुरा होईन त्याग्नु ठूलो कुरा हो । जातले होईन मानिसलाई संर्घषले सफल बनाउँछ । उचित अवसर पाए तामाङको छोरो पनि यो देशको प्रधानमन्त्री बन्न सक्छन् । देश चलाउन सक्छन् । त्यो खुबि कुलमान घिसिङमा छ । जनता यो हेर्न आतुर छन् के कुलमान घिसिङ अब साँच्चै नै राजिनिमा आउने हुन् ?



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend