जन आकाश
काठमाडौं । काभ्रे जिल्ला रोशी गापा वडा न. ४ अन्र्तगतको जोगेश्वर माविमा भ्रष्टचार शिर्षकमा समाचार यसै जन आकाश डट कम डट एनपीले मिति २०७७ श्रवण १३ गते प्रकाशन गरेको थियो । उक्त समाचार स्थानीय मानिसहरुले हाम्रो जन आकाशको कार्यलयमा फोन गरी जानकारी दिएका थिए ।
उक्त समाचारमा प्रकाशन भएजस्तो भ्रष्टचार नभएको भनि बिद्यालय ब्यवस्थापनका अध्यक्ष जमानसिं लामाले प्रेस काउन्सिल मार्फत आफ्नो पष्टिकरण दिएका छन् ।
बिद्यालयको नयाँ जस्ता प्रति पिस रु १०० का दरले बिक्री गरिएको भन्ने जस्तो नभएको पुरानो जस्ता रु १०० मा बिक्री गरिएको र नयाँ जस्ता रु ५०० मा बिक्री गरेको हो । उक्त रकम बिद्यालयको कोषमा जम्मा गरेको हुदा भ्रष्टचार नभएको भनि मिति २०७७ आश्विन ११ गते प्रेस काउन्सिल मार्फत प्रष्टिकरण पेश गरेका छन् ।
उक्त बिषयलाई थप जानकारी लिन हामीले स्थानीयले जानकारी दिन प्रयोग गरिएको न. मा प्र¥याश गर्दा सम्पर्क हुन नसकेको हुनाले जमानसिं लामा सँग जोडिएको समाचार खण्डन गरेका छौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend