जन आकाश
काठमाडौ ।
सरकारको नेतृत्व गरिरहेको नेपालको सवैभन्दा ठुलो पार्टी नेकपा–नेकपाको बिवाद अझै सुल्झिएको छैन । झण्डै ६ महिना अगाडी दखि शुरु भएको बिवाद अहिले सम्म सावधान भएको छैन ।
पुर्व एमाले र पुर्व माओवादी धङधङीले गाजेको नेकपामा पछिल्लो समय एउटै पार्टीमा दुईवटा अध्यक्ष रहेको र ति अध्यक्षहरु बिचमा आपसी कुरा नमिल्दा समस्या बढदै गएको छ । अर्को तर्फ नेकपाका शिर्ष नेताहरुको आफ्नो आफ्नो हिसाव कितावले पनि विवादलाई थप जटिलता तिर लगिरहेको छ ।
६ महिना अगाडी नै युवा संगठनहरु गुटको रक्षा गर्न लागेका थिए । सडकमा समेत दुई खेमामा बिभाजित भएको भान हुने गरी कार्यक्रम हुन थालिसकेको थियो । तर नेकपाका असल युवाहरुले भने नेतृत्व नै युवा पुस्तामा हस्तान्तरण गरेर जानुपर्ने तर्क राख्न थालेका थिए । त्यो बिषयले प्रधानमन्त्रीलाई समेत दवाव परेको कारण नेतृत्व छोडनुपर्दा युवा पुस्तालाई छोडछु भनेका थिए ।
विवादको अध्याय
कृष्ण बहादुर महरा काण्डमा अमेरिकी सिआईएको योजनामा सभामुखलाई फसाउन लागिरहेको सुचना प्रधानमन्त्रीले थाहा पाएको भएपनि त्यसको प्रतिरक्षामा नलागेको बुझाई अध्यक्ष प्रचण्डमा परेको थियो । निवर्तमान सभामुख महरालाई अभियोग लगाईए पछि सभामुख चयनमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र प्रधानमन्त्री बीचमा समस्या पैदा भएको थियो । त्यस्तै अर्का वरिष्ठ नेता माधव नेपाल र प्रधानमन्त्रीमा पनि मन्त्री मण्डल हेरफेरमा समस्या भएको थियो ।
यसरी नेकपाका शिर्ष नेताहरु एकपछि अर्को गदै रुष्ट हुदै गईरहेका बेला अध्यक्ष प्रचण्ड लगायतले अर्का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पार्टीले दिएका सुझाव, सल्लाह कुनै पनि कार्यन्वयन नगरेको र मनोपोली ढङगले चलेको आरोप लगाएर तत्कालै स्थायी कमिटी बैठक राख्न माग गरेका थिए । त्यसपछि अल्पमतमा देखिएका प्रधानमन्त्री लरखराउन थालिसकेका थिए । केपी शर्मा ओलिलाई महाधिवेशन जस्तो महत्वपुर्ण समयमा साथ दिएका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई मिलाउने आश्वसन दिएर बामदेव खेमाको बिश्वास जितेर तत्कालको संकट टारेका थिए । पार्टी भित्र हुने राष्ट्र बिरोधि कार्यलाई बिद्रोह गर्न आट गर्न सक्ने बामदेवले तत्काल केपी शर्मा ओलिलाई जोगाएका थिए ।
यता प्रचण्ड, बामदेव गौतम, माधन नेपाल, झलनाथ खनाल, शिर्ष नेताहरुले पार्टीभित्र बहुमतले स्थायी कमिटी, पोल्टी ब्युरो, केन्द्रीय कमिटीवाट पास गरेर केपी ओलीलाई सरकारवाट हटाउने निर्णयमा पुगिसकेका थिए । पार्टीले आधिकारिक निर्णय गर्न मात्र बाकी थियो । त्यसको बिकल्पमा प्रधानमन्त्री ओलीसँग सदन बिघटन वाहेक बिकल्प थिएन त्यो पनि सदनमा ४० प्रतिशतर र पार्टीमा त्यही प्रतिशत पु¥याउनु पर्ने हुन्थ्यो त्यो संख्या प्रधानमन्त्रीको पक्षमा थिएन ।त्यसैले संविधान संशोधन गर्न प्रस्ताव राष्ट्रपति कार्यलय सम्म पुगिसकेको अवस्थामा बिध्येक फिर्ता भएको थियो ।
लगभग प्रधानमन्त्री डगमगाउने अवस्थामा बामदेवको साथले नेकपा फुटको संघारवाट जोगिएको थियो । तिनै बामदेवले गरेको सहयोग र समर्थनलाई प्रधानमन्त्रीले धन्यवाद दिएका थिए ।
उत्ता प्रधानमन्त्री हटाउन र आ–आफ्नो रणनीति बनाईरहेका शिर्ष नेताहरुले उपाध्यक्ष बामदेव बिना बिद्रोह गर्ने आट गरेनन् । तर चलखेलहरु भने जारी राखेका छन् । बाहिरी रुपमा जे जे देखिए पनि भित्री आशय आउदै गरेको महाधिवेशनमा को पार्टी अध्यक्ष बन्ने भन्ने जोडघटाउ नै प्रमुख समस्या हो भन्ने बुझ्न सकिन्छ ।
नेकपा – नेकपा बनाउन एमाले र माओवादीलाई समेत एकठाउमा ल्याउन भुमिकमा निर्वाह गर्ने उपाध्यक्ष बामदेव गौतमलाई भने बेला बेलामा के के बाहाना पाउन साथ पार्टी भित्रकै खेमाहरुले कुप्रचार गर्ने गरेका छन् । यतिवेला बामदेव समर्थितहरु पनि अर्कोशित हुन थालेका छन् ।
बामदेवलाई महत्वपुर्ण पदमा जान नदिन नेकपा कै समर्थित ब्यक्तिहरुले सर्वोच्चमा मुद्दा दर्ता गरेपछि सर्वोच्चको निर्णय पछि पुनः प्रधानमन्त्री बिरुद्ध मोर्चा बन्दीको लागि अर्को घमासन युद्ध शुरु हु्ने सम्भावना बढेको छ । कोरोना संक्रमणकालीन अवस्था र नेपालको भुमि कालापानी,लिपुलेक प्रधानमन्त्रीले नेपालको हो भनेर भारतीय सँग बिबाद भईरहेको बेलामा राष्ट्रियता कमजोर हुन्छ भनेर प्रधानमन्त्रीलाई जनताले समेत साथ दिएका थिए । अहिले समय फेरिदै गएको छ ।त्यतिवेलै उठाउन खोजिएका आन्दोलनहरु सवैको सुझबुझ तरिका र नेपालका राष्ट्रवादी मिडियाहरु जो देशभक्त छन् । उनिहरुको खवदारीले काम गरेको थियो । तर अव जसरी बिगतमा बाहिय शक्तिको आड लिएर आन्दोलन गर्ने गर्थे राजनीतिक दलहरुको नाममा त्यस्तै आन्दोलन उठाउन सवै तिर वाट लागिरहेका देखिन्छन् । यस्तो बेलामा नेकपाका उपाध्यक्ष बामदेवलाई रोक्नु भनेको देशलाई अप्ठ्यारो पर्न गईरहेको बेलामा देशलाई खतारामा पार्नु हो भन्छन् नेकपाका एकथरी बुद्धिजीविहरु ।
जसरी सिकिममा अल्पमतमा परेर देश सर्वभौमसत्ता गुमाउनु परेको जस्तै नेपालमा राजनीतिको नाममा हुने ष¥यन्त्र र नेता हुन गमक्क पर्ने काही सफल नभएका कसैले नपत्याउनेहरु राजनीतिक पार्टीमा लागेका तिनिहरु नै ठेकेदार, तिनिहरु नै बैकका मालिक, तिनीहरु नै उधोगपति र थोरै समयमा करोडौ अरबौ पति भएका र तिनै पद प्रतिष्ठामा पुगेकाछन् । यस्ता बिकाउहरुले पैशाको लागि जे पनि गर्ने ले भोलि देशको अस्तित्वलाई समेत पैशामा खरिद बिक्री गरेर देशको अस्तित्व नै खतरामा पार्ने निश्चित देखिन्छ ।
कस्तो उठदै छ आन्दोलन
नेकपा भित्रका असन्तुष्ट पक्षहरुको भुरे टाकुरेहरुले उठाउने मुद्दामा मौन समर्थन गरेर बसेको देखिन्छ । भुरे टाकुरे पार्टीहरुको कार्यगत एकता आन्दोलनको ब्यवस्थापन गर्न शक्तिराष्ट्रहरुवाट अप्रत्यक्ष लगानी भएको सहजै अनुमान लगाउन सकिन्छ । त्यो रकम सोजै भुरे टाकुरे पार्टीका अध्यक्षहरुले लिएको उच्च स्रोतको दावी छ । हौवा फैलाउन अभियान्तका रुपमा टोलि परिचालन गरेर बिभिन्न ठाउहरुमा संकास्पद गोप्य बैठकहरु भईरहेका देखिन्छन् ।
नेकपाको बिवादले देशलाई फेरी पुनः अस्थिरतामा लैजना सक्ने सम्भावना छ । त्यसकारण विवाद भन्दा समस्याको सावधान खोज्नु बुद्धिमता होला कि ?
आम सञ्चारमाध्यमहरुले हुन लागेका घटनाको संकेत गर्ने हो । त्यो देशलाई नोक्सान पुग्ने देखेर हामीले आफ्नो देशका नेताहरुलाई सचेत गराउने उदेश्यले यो समाचार प्रकाशित गरेका छौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend