logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026


  • जन आकाश
  • बिहिबार, असोज १५ २०७७

सिन्धुपाल्चोकका मृगौला पीडितलाई पुर्व मन्त्री तथा  नेपाली काङ्ग्रेसका नेता मोहन बस्नेतको  सहयोग



पुर्व मन्त्री समेत रहनु भएका मोहन बस्नेतले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं ५ चनौटेका १७ वर्षीय दुवै मृगौला पिडित प्रविन आले मगरलाई उपचारका लागी ३ लाख १ हजार १ सय रुपैयाँ  नगद रकम हस्तान्तरण गरेका छन।
उक्त रकम उन्कै भाइ     प्रकाश बस्नेतले २ लाख ८६ हजार संकलन गरि पठाएका र  १५ हजार १ सय नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले व्यक्तिगत रुपमा प्रदान गरेको रकम एकमुष्ट जम्मा गरि बस्नेतले हस्तान्तरण गरेका हुन।

यस अघि पनि जुगल गाउँपालिका वडा नं ५ का निर्वाचित वडा अध्यक्ष  एवं नेपाली काङ्ग्रेस जुगल गाउँपालिकाका सभापति सनत कुमार अधिकारीको सक्रियतामा २ लाख २१ हजार ७ सय संकलन गरि पिडितलाई हस्तान्तरण गरिएको बस्नेतले  हामिलाइ जानकारी गराएका हुन ।

प्रविन आले मगरलाई उक्त रकम हस्तान्तरण गर्दै बस्नेतले शिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै  परिवार तथा आफन्त जनहरुमा धैर्य धारण गर्ने सामर्थ्य मिलोस भनी भगवान् संग प्रार्थना गरेका थिए । केहि अपठ्यारो परे हामी छौ ।भन्दै  किड्नी पीडितलाई ढाडस दिदै आत्मबल बढाएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend