logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पुर्व राष्ट्रपतिले भेटे अनशनरत गोविन्द केसीलाई


  • जन आकाश
  • शुक्रबार, असोज १६ २०७७

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीसँग भेट गरेरस्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।



डा. यादवले आज त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत केसीसँग भेट गर्नुभएको हो । यादवले केसीले जनताका आवाज उठाएको भन्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताउनु भएको छ । अनशनरत डा. केसीलाई भने, ‘तपाईले जनआवाज उठाउनु भएको छ । जनताको माग तपाईंले उठाउनु भएको छ । वार्ताबाट समाधान गर्नुपर्छ ।’

सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला डा.केसी अनशन बस्नु उपयुक्त नभएको भन्दै अनशन तोड्न आग्रह गरेको भोलिपल्टै प्रथम राष्ट्रपति यादवले केसीसँग भेट गर्नु भएको हो ।
डा. केशीको अवस्था बिग्रदै गएको छ । डा. केशीको अनशनलाई लिएर बिभिन्न टिक टिप्पणी हुदै आएका छन् । तर निस्कर्ष निस्कन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend