जन आकाश
काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरको नेतृत्वमा आज ७१ जनाले रक्तदान गरेका छन् । चक्रपथ सरसफाई अभियानका प्रमुख अभियन्ता कुँवरले आज सहित पाँच पटक रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
आजसम्म १ सय ६३ जनाले रक्तदान गरिसकेको उनले जनाए । संकलित रगत नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा जम्मा गरिएको छ । आजको अभियानमा हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघका अध्यक्ष नेत्रबहादुर अधिकारीले पनि सहकार्य गरेका थिए । पछिल्लो समयमा उपत्यकामा रगतको अभाव हुन थालेपछि उनले यस्तो अभियान चलाएको बताएका छन् । ‘मैले अरु अभियान सँगै रक्तदान कार्यक्रम पनि गरेको हुँ, रगतको अभावले धेरै मानिसको ज्यान गएको समाचार सुनेपछि यतातिर पनि लागें’ उनले भने ‘ रगतको अभावले कसैको पनि मृत्यु नहोस् भन्ने हाम्रो प्रमुख उद्येश्य हो ।’ उनी रक्तदान अभियानलाई पनि निरन्तरता दिने बताउँछन् ।
बाफलमा व्यापार गर्दै आएका उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् । उनले चैत्र ११ गतेबाट कोरोना भाइरसको त्रासले भएको लकडाउन देखि अहिलेसम्म १२ सय ४७ जनालाई राहत स्वरुप चामल, दाल, चिनी, तेल लगायतका सामग्री वितरण गरेका छन् । उनले राहत वितरण अभियानलाई अहिले पनि निरन्तरता दिएका छन् । उनको अभियानलाई केहीव् यक्ति तथा संघसंस्थाहरुले पनि सहयोग गर्दै आएका छन् ।
केही दिनअघि उनले कोरोना भाइरसको रोकथामका लागि भनेर गुर्जो पनि वितरण गरेका थिए । उनले गुर्जोका अभियन्ता कमल बहादुर राजलवटले दुई चरणसम्म गुर्जो उपलब्ध गराएको बताए । कुँवरले आफ्नो व्यवसायसँगै सामाजिक अभियानलाई पनि सँगसँगै अघि बढाएका छन् । अरुलाई पनि प्रेरणा होस् भनेर आफूले दिनहुँजसो यस्तो कार्य गरिरहेको उनको भनाई छ ।
नेपालमा कोरोनाको संक्रमणको बेला सामाजिक काम सक्रमण हुने डरले कसैले गरेका थिएनन तर कुवरको आटलाई भने सम्मान गनैपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend